Techie IT
Mission Khabar

अनियमितताको जालो : चार लाख घुससहित अख्तियारकै प्रहरी सहायक निरीक्षक फन्दामा


सुर्खेत – सरकारी पद र सेवाको दुरुपयोग गर्दै हुने आर्थिक अपारदर्शिदा र चलखेल रोक्ने संबैधानिक निकाय हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।

यो निकायले पटक–पटक भ्रष्टाचारी पक्राउ गरेर अनियमिततामा लगाम लगाउने प्रयास गरिरहेको छ । तर बिडम्बना कहिलेकाँही यहि निकायका कर्मचारी आफै लोभको सिकार बन्ने गरेका छन् । पछिल्लो पटक फेरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा कार्यरत एक कर्मचारी चार लाख घुससहित पक्राउ परे । प्रहरी सहायक निरीक्षक जन्मदेब जैशी अधिकारी आइतबार राति घुस रकमसहित पक्राउ परेका हुन् । जैशीले इन्जिनियरसँग घुस मागेपछि टेलिफोनमार्फत उनको विरुद्ध उजुरी जाहेर भयो । नभन्दै काठमाडौँबाट खटिएको अख्तियारको टोलीले नेपालगञ्जबाट उनलाई पक्राउ गरेको छ ।

यता, अख्यिारको सुर्खेत स्थित कार्यालय भने यो घटनाबारे बेखबर छ । यो परिदृश्यले अख्तियारकै अख्तियारी दुरुपयोग गरेर लाभ लिनेहरुको पनि कमि छैन भन्ने उदाहरण प्रस्तुत गरेको छ । तर आफ्नै कर्मचारीको कर्तुतमाथी कारबाही गर्ने अख्तियारको हिम्मतलाई भने सकारात्मक मान्नुपर्छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्