अझै केही दिन देशभरको मौसममा बदलाब, हल्कादेखी मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं–मंगलबार पनि देशभरको मौसममा बदलाब कायमै देखिएको छ । पूर्ण सुधार आई देशभरको मौसम सफा हुन अझै केही दिन लाग्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ३ दिन देशभरको मौसममा बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने मौसमविद्को अनुमान छ । पूर्वी र मध्य पहाडी भेगका केही स्थानमा हल्का वर्षासमेत हुनसक्ने देखिन्छ । बुधबार भने सुदूरपश्चिम क्षेत्रमा पानी पर्ने अनुमान मौसमविद्हरुको छ । मंगलबारजस्तै बुधबार पनि मौसम धुम्म रहने छ । बुधबार दिउँसो र राति देशका पश्चिमी र मध्य क्षेत्रलगायत पूर्वी पहाडी भागमा आंशिक बदली यथावत रहने अनुमान गरिएको छ । मंगलबार काठमाडौंमा भने पानी नपर्ने पूर्वानुमान छ ।
बुधबार पश्चिमी पहाडी भेगका एक–दुई स्थानमा मध्यम वर्षा र पश्चिमी भेगका उच्च हिमाली क्षेत्रहरुमा हल्कादेखि मध्यम खालको हिमपात हुनसक्ने अनुमान गरिएको छ । बिहीबार देशका केही स्थानमा हल्का वर्षासँगै हिमाली भेगमा हिमपातको प्रक्षेपण गरिएको छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्