पूर्व युवराजको स्वास्थ्य अपडेट : स्थित रहेपनि अझै खतरामुक्त हुन सकेन

काठमाडौँ – तेस्रो पटक हृदयघात भएर अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था स्थिर रहेपनि खतरामुक्त छैन । सोमबार छातीमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका शाह अहिलेपनि उपचारकै क्रममा छन् ।
शाहको स्वास्थ्य र उपचारबारे अस्पतालका चिकित्सकहरुले जानकारी दिदै स्थिर तर खतरामुक्त अवश्था भने नरहेको बताएका छन् । पूर्व रानी कोमल शाह सोमबार राति नै हेटौडाबाट सडकमार्ग हुँदै अस्पताल आईपुगेकी थिइन् । पूर्वयुवराज पारसको एन्जियोप्लास्टी मार्फत मुटुको भल्व खोल्न सफल भएपछि डाक्टरहरु आशावादी छन् ।
एन्जियोप्लास्टीपछि आईसीयूबाट सीसीयूमा सारिएका पारसको मुटुरोग विशेषज्ञ डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोलीको उच्च निगरानीमा उपचार भैरहेको छ ।
क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्