नेपाल वायु सेवा निगमका १० विमान एकैदिन ग्राउन्डेड, नियमित उडानमा समस्या
काठमाडौं–नेपाल वायु सेवा निगमका १४ विमानमध्ये मंगलबार एकैदिन १० वटा ग्राउन्डेड भएका छन् । निगमसँग आन्तरिक उडानका लागि साना तथा मझौला ९ वटा र अन्तर्राष्ट्रिय उडान भर्ने ५ वटा जेट विमान रहेकोमा मंगलबार एकैदिन १० वटा बिर्गिएका हुन् ।
निगममा एकै पटक यत्तिको संख्यामा विमान ग्राउन्डेड भएको यो नै पहिलो पटक हो । विमान अभावमा २२ वटा आन्तरिक उडान भर्ने निगमले मंगलबार एउटा मात्रै उडान भर्नुपरेको थियो । विमानमा देखिएको खराबीको पहिचान गरेर तत्कालै समस्या समाधान गर्ने गरी काम अघि बढेको नेपाल वायु सेवा निगमले जानकारी दिएको छ ।
यद्यपी, सबै विमानलाई नियमित उडानमा ल्याउन भने समय लाग्ने देखिन्छ ।
क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्