बन्ध्याकरण महिलाको बाध्यता कि रहर, विराटनगरमा एकैदिन ८ सय ८१ ले गरे परिवार नियोजन
विराटनगर– मोरङका विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीमा पछिल्लो समय नावालक शिशु बोकेर धाउने महिलाहरुको संख्या बढ्दो छ । स्थानीय स्वास्थ्य चौकीबाट सञ्चालित शिविरमा समेत अहिले भीडभाड देखिन्छ । यसरी बच्चा सहित शिविर तथा स्वास्थ्य चौकी धाएकाहरु बिरामी भएर होइन्, थप सन्तानको रहर नभएर हो ।
मोरङको कटहरी गाउँपालिका भौडाहामा शहीद दिवसको दिन परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर आयोजना गरियो । जहाँ ६० जना महिलाको उपस्थिति थियो । शिविरमा बन्ध्याकरण गराउन आउनेको भीडमा निक्कै कम मात्रै पुरुष थिए । खेतबारीमा माटोको काम गर्ने, फ्याक्ट्रीमा भारी काम गर्ने पुरुषले परिवार नियोजन गर्न हुँदैन भन्ने मान्यता गाउँमा ब्यप्त भएकाले पनि महिला नै बन्ध्याकरणमा अघि बढेका हुन् । स्थायी बन्ध्याकरण महिलाले भन्दा पुरुषले गर्दा सहज हुने भएपनि ६ जना पुरुषको मात्रै शिविरमा उपस्थिति थियो । जहाँ ८ सय ८१ जना महिलाले बन्ध्याकरण सेवा लिएका छन् ।
विराटनगर महानगरपालिकाको बुढिगंगा गाउँपालिका, स्वास्थ्य चौकी बुधनगर, मझारे, जिल्ला अस्पताल रंगेली, झुर्किया, डाइनिया, राजघाट, बेलबारी, पथरी केराबारी, झोराहाट, भौडाहालगायत १८ स्थानमा सञ्चालित शिविरबाट ८ सय ८७ जनाले बन्ध्याकरण सेवा लिए । यस्तै, स्थानीय तहमा सञ्चालित स्वास्थ्य चौकीमा पनि थप सन्तान नजन्माउने भन्दै धाउनेहरुको भीडि निक्कै ठूलो छ ।
यसले सन्तान उत्पादन र बन्ध्याकरण महिलाको मात्रै ठेक्का जस्तो देखिएको छ । जोखिमभार कम हुने भएकाले पुरुषहरु बन्ध्याकरणका लागि राजिखुसी भएर सहयोगी बन्ने कि ?
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्