राजनीतिक स्वार्थको गोटी बनाइएका डा. केसी, त्याग्ने कि आफूले बोलेका हरेक वाक्यांश कानुनमा राख्नुपर्ने हठ

काठमाडौँ– डा. गोविन्द केसी । जसलाई पछिल्लो समय कतिपयले अनसनबाज नै भन्न थालेका छन् । विगतमा विपन्नमा स्वास्थ्य शिक्षा र त्यागी डाक्टर पछिल्लो समय बिरोधी बढाउने खेलमा छन् ।
पटक पटक अनशन बसेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सेवा प्रवाहमा डा गोविन्द केसीले अवरोध पुर्याएको आरोप सहित उनी बिरुद्धको आन्दोलन नै सुरु भएको छ । अझ केसीको विपक्षमा आन्दोलन गर्नेहरुले त सादगी डाक्टर विवेकशिल र केही कांग्रेसी नेताहरुको स्वार्थ र मिसनको गोटी बनेको भन्न थालेका छन् । शिक्षा र स्वास्थ्यका कुरा उठाउँदासम्म उनको पक्षमा निक्कै ठूलो जमात थियो । पछिल्लो समय बलात्कारी पक्राउ तथा सार्वजनिक, तत्कालिन माओवादी शसस्त्र बिद्रोहका क्रममा गम्भिर मानवअधिकार उल्लंघनमा संलग्नलाई अन्तर्राष्ट्रिय कानुन अनुसार कारबाही लगायतका माग थपेर केसी आफैले आफ्नो आन्दोलनमा राजनीतिक स्वार्थ घुसाएको कतिपयको बुझाई छ ।
अझ, अदालतले नै अस्पतालको सेवा प्रवाह रोकेर बन्द हड्ताल गर्दा बिरामीको उपचार सेवाको अधिकार हनन हुने भन्दै यस्तो कार्य नगर्न आदेश जारी गरेको छ । तर डाक्टरहरु काममा भन्दा बढी आन्दोलनमा प्रेरित बन्दा पनि राज्यले संयमता अपनाएर कारबाही गरेको छैन । भोलिका दिनमा जिम्मेवारी र राज्यको स्वास्थ्य अभियानमा बिमुख भएको भन्दै कारबाही थालियो भने यसको जिम्मेवारी कसले लिने ? अनशनका कारण सरकारी अस्पताललाई करोडौँ रुपियाँ रकम घाटा भइरहेको छ । कारण सरकारी अस्पतालमा आन्दोलन मौलाउँदा बिरामीहरु निजीतर्फ आकर्षित बनिरहेका छन् ।
यसरी सरकारी अस्पताल प्रतिको विश्वास गुमाउने, अदालतको आदेश नमान्ने अनि आफूले भनेको हुँबहु हुनुपर्छ भन्नु कत्ति जायज होला ? यो पक्कै सोचनिय र मननिय छ । राज्यले सबैको कुरा सुन्नुपर्छ, जनताको पीरमर्का कथाबेथा सम्बोधन पनि गर्नुपर्छ । यसो भन्दैमा मैले जे बोल्छु त्यही ठिक र हुनैपर्छ भन्ने नागरिकस्तरको हठ स्वभाविक हुँदैन ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्