Techie IT
Mission Khabar

महानगरीय प्रहरी परिसरका प्रमुख लामा बिवादमा, लाभ मिल्नेलाई साथ दिने र नमिल्नेलाई धरपकड गरेको आरोप


काठमाडौं–महानगरीय प्रहरी परिसरका प्रमुख बसन्त लामा पछिल्लो समय चर्चामा छन् । काठमाडौंमा गुण्डागर्दी गर्नेलाई टाउको उठाउन दिन्न भन्ने प्रहरी प्रमुख सर्वेन्द्र खनालका काठमाडौंका लागि सारथी बनेका लामाको प्रयास केही सुधारमा केन्द्रित भएपनि बिवादमुक्त हुन सकेका छैनन ।

पछिल्लो समय उनीमाथी आफैले पक्राउ पुर्जी जारी गरेका डिस्को सञ्चालक भगाएको आरोप लाग्न थालेको छ । दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकमाथि ठगी गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि पक्राउ नपर्नुले उनीमाथी आशंका बढाएको हो । क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध पक्राउ पुर्जी जारी भएको पनि ६ महिना बितेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले आदेश नदिँदा अभियुक्तहरु खुलेआम बजारमा हिँडिरहेको आरोप लाग्दैआएको छ । सो क्लबमा लगानी गरेका विश्वराम श्रेष्ठको २ करोड रुपैयाँ नतिरेपछि उनी न्यायका लागि प्रहरीमा पुग्दापनि प्रहरीले अभियुक्तसँगै साँठगाँठ गरी मुद्दा दर्ता नगरेर भुलाउन खोजेको देखिन्छ ।

प्रहरीले ३ जनाविरुद्ध गत असोज १७ गते पक्राउ पुर्जी जारी गरेको भएपनि एसएसपी लामाले भोलि भन्दै टार्ने गरेको पीडित श्रेष्ठ बताउँछन् । लामा काठमाडौंको प्रमुख भएसँगै रात्री व्यवसायमा धरपकड सुरु भएको र लाभका लागि प्रहरीले दुःख दिएको कतिपय व्यवसायी गुनासो गर्छन । आफूसँग नजिक हुनेहरुलाई संरक्षण दिने प्रहरीले पछिल्लो समय आर्थिक लाभ नपाउने ब्यवसायीलाई गुनासो र उजूरी बिनै पनि धरपकड र कारबाही गरिरहेको ब्यवसायीको आरोप छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्