पोखराका रामकृष्ण बसौला मलेसियामा बेपत्ता, खोजबिन गरिदिन परिवारको याचना

कास्की– पोखरा महानगरपालिका, सातमोहनी देउरालीफेदीका रामकृष्ण बसौला दश बर्षअघी असारमा बैदेशिक रोजगारीका क्रममा मलेसिया पुगे । जतिवेला बसौँला परिवारमा बेग्लै खुसी भित्रिएको थियो ।

केही समयको बैदेशिक रोजगारीबाट मनग्य पैसा जोहो गर्ने र नपाल फर्किएर अभाव अन्त्य गर्दै आत्मनिर्भर बन्ने सपना साँचेर विदेश हानिएका बसौला परिवारमा केही समय रेमिट्यान्सले खुसी पनि भर्यो । तर यो खुसी लामो समयसम्म टिक्न सकेन । गएको ९ महिनादेखी रामकृष्ण सम्पर्क बिहिन भएपछि परिवारमा चिन्ता र तनाव सुरु भएको छ । बसौला कि श्रीमति मिनादेवी अहिले श्रीमानको खोजबिन गरिदिन हारगुहार गरिरहेकी छिन् । तर उनलाई बैदेशिक रोजगारीमा पठाउने मेनपावर र कर्मचारीले साथ दिएका छैनन ।

दुई छोरा मिलन र गणेश अनि एक छोरी मोनिकाको पालन पोषण, हेरचाह र शिक्षा दिक्षामा श्रीमानको साथ नपाएपछि मिनादेवी अहिले ठूलो पीडामा छिन्, उनको यो पीडाका सारथी कोहीपनि बनेका छैनन । नौँ महिनाअघि परिवारको सम्पर्कमा आएका रामकृष्णले आफू नेपाल आउन नसक्ने अफ्ठेरोमा परेको भन्दै खबर गरेका थिए । पासपोर्ट नभएको, नेपाल आउन नसक्ने गरि ठूलो समस्यामा फसेको भन्दै फोनमा कुरा भएको बारे श्रीमती मिनादेवीले पोखराकै गोपी गुरुङलाई जानकारी गराइन् । तर मेनपावरमार्फत मलेशिया पुर्याउने यी एजेण्टले कुनै प्रतिक्रिया दिएनन् । चासो पनि दिएनन् । बरु उल्टै आफूसँग सरोकार नभएको भन्दै धम्क्याउने काम गर्दै सम्पर्कबिहिन भएका छन् ।

यसरी मोटो रकम कमिसन खान पाउदासम्म व्यक्तिको पछि लागेर मेनपावरसम्म पुर्याउने, दलाली गर्नेहरुले पछि आउने जोखिम बहन गर्न पर्छ कि पर्दैन । यसरी बैदेशिक रोजगारीका नाममा भैरहेको ठगी, बेवास्तामाथी सरकारले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
नौ महिनादेखी मलेशियामा बेपत्ता भएका रामकृष्णको खोजबिनमा तपाई हाम्रो साथ र सहयोगको पनि जरुरी हुनसक्छ । देश तथा परदेशमा भएका हामी सबैले परिवारका सदस्य हराएर पीडामा डुबेको बसौला परिवारका लागि सक्दो सहयोग र साथ दिउँ ।
राज्यले पनि नेपालको राजदानी मार्फत विदेशी भुमिमा पुगेर परिवारको सम्पर्क बाहिर रहेका आफ्ना नागरिकको अवस्था बारे कुटनीतिक अर्थात राज्यस्तरबाट खोजबिनको पहल गरोस् । लामो समयको बियोगान्त पीडा छिट्टै मिलनको खुसीयालीमा रुपान्तरण होस् ।
क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्