सोनाम ल्होछार : तामाङ समुदायको नयाँ वर्ष, स्वदेश र विदेशमा विभिन्न कार्यक्रम
काठमाडौं– तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होछार । काठमाडौं, देशका तमाङ बाहुल्यता भएका क्षेत्र तथा विदेशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम सहित मनाइदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष सुरु भएको छ । यो २८५५औँ सोनाम ल्होछार हो ।
माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछारका अवसरमा काठमाडौं टुडिखेलमा भब्य कार्यक्रम हुँदैआएको छ भने विदेशमा पनि उस्तै उल्लास हुने गर्दछ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट राखिएकाले आदिवासी जनजाती समूदायले प्रकृतिक पुजकका रुपमा समेत लिने गरिन्छ । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दैगर्दा चीन, सिंगापुर, मलेशिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरक–फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइँदैछ ।
यो पर्वले तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शनका साथै संरक्षण गराउने काम गर्दै आएको छ । ३ नं प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएर तामाङको पर्वलाई प्रादेशिक महत्व दिएको छ । तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक पर्वमा घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गर्ने गरिन्छ । ल्होछार मूल समारोह समितिका संयोजक नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले सोनाम ल्होछार खानपान र रमाइलोको पर्व मात्रै नभएर जातीय पहिचान स्थापित गराउने र आफ्नो जातजातीको संस्कार, संस्कृती, खानपान र भेषभुषा संरक्षणको दिर्घकालिन पहल भएको बताउँछन् ।
ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र बिभिन्न राजनैतिक दलका नेताहरुले शुभकामना ब्यक्त गर्दै सबै जाती र समूदायको पर्वलाई समान अस्थित्व दिइने बताएका छन् ।
नेपालका तामाङसहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात सोनाम ल्होछार मनाउँदै आएका छन् ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्