पाल्पामा बालि उपचार शिविर, कृषि उपजमा बढ्दो परनिर्भरता तोड्न राज्य उदाशिन

पाल्पा–अनु खनाल । लक्ष्मी मावि तानसेन–५ बन्दिपोखरा पाल्पाले प्राविधिज्ञ, विद्यार्थी तथा स्थानीय कृषकको सहभागितामा बाली उपचार शिविर सम्पन्न गरेको छ । विद्यालयको प्राविधिक शिकाई कृषि बालि विज्ञान अन्तर्गतको कार्यक्रम मार्फत बाली उपचार शिविर सम्पन्न गरिएको हो ।
कृषी ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको प्राविधिक सहयोग रहेको कार्यक्रममा १ सय बढी कृषकको सहभागिता रह्यो । व्यवसायिक तथा साधारण कृषकको सहभागिता रहेको शिविरमा उनीहरुले बालिनाली लगाउँदा भोग्नुपरेका समस्या र रोग निदानको दिर्घकालिन समाधान बारे जिज्ञाशा राखेका थिए । यस अघि माटो परिक्षण शिविर सञ्चालन गरेको विद्यालयले कृषकले ब्यहोरेका समस्या समाधानकै लागि पहल भैरहेको भन्दै विद्यार्थीलाई भरपुर प्राविधिक ज्ञान दिएर किसानको सहयोग बनाइने बताएको छ ।
कार्यक्रममा विद्यार्थी र प्राविधिज्ञसँगै १ सय बढी व्यवसायिक र विद्यालयले नयाँ शैशिकसत्रका लागि शिविर मार्फत पनि भर्ना आह्वान गरेको छ । कृषिमा आत्मनिर्भर बनाउने सरकारी चाहानामा यी र यस्ता अभियान सहयोगी बन्न सक्छन् । सरकार फगतको भाषण र सपना बाढ्ने काममा भन्दा पनि स्वदेशमै सम्भव हुने आत्मनिर्भरताको अभियानमा लाग्ने हो कि ?
क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्