एनसेल विष्फोटमा एकको मृत्यु :नियोजित रणनीतिक कि विध्वंसात्मक गतिविधि ?

ललितपुर– ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा शनिबार साँझ बम बिष्फोट भयो । यो घटनामा परि तीन जना घाइते भएकोमा एक जनाको उपचारका क्रममा ज्यान गएको छ । गम्भीर घाइते भएका लम्जुङ स्थायी घरभई ललितपुरको भैंसेपाटी बस्ने ४९ वर्षीय सिंहप्रसाद गुरुङको उपचारको क्रममा गएराति १२ः२५ बजे मेडीसिटी अस्पतालमा मृत्यु भएको हो ।
घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । एनसेल लक्षित आक्रमणको यो घटना क्रुर र अमानविय भएपनि यसलाई अहिले विभिन्न कोणबाट चर्चा परिचर्चा गर्न थालिएको छ । यही घटनाको अनुसन्धानका लागि दुई सुरक्षा गार्ड पक्राउ गरिएका छन् । एनसेल टावरको मूल ढोकामा भएको बम विस्फोटमा सुरक्षामा खटिएका गार्डहरूको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । दुबैजनाको नाम अहिले प्रहरीले गोप्य राखेको छ । प्रहरीले हेरेको सिसिटिभी फुटेजमा मोटरसाइकलमा आएका केही व्यक्तिहरू गए लगत्तै सुरक्षा गार्ड भित्र गएर बम विस्फोट गराएका देखिएको छ ।
सेनाका पूर्व कर्मचारी समेत रहेका गार्ड द्धयमाथी प्रहरीले थप अनुसन्धान जारी राख्दा कतिपयले ७३ अर्ब बढी कर छलिको अभियोगबाट बच्ने एनसेल रणनीति पनि भनेका छन् । सोही कार्यालयमा कार्यरत सुरक्षा गार्डको संलग्नताको प्रारम्भिक आँकलनले यतातर्फको शंकालाई पनि जिवितै राखेको छ । अझ, बम विस्फोटबाट घटनास्थल वरपरका तीन घरका झ्याल र ढोकाको सीसा पूर्णरूपमा फुटेको छ । यो क्रुर घटनाको अहिलेसम्म कसैले जिम्मेवारी नलिएपनि विप्लब नेतृत्वको नेकपाका नेता कार्यकर्ता लक्षित खोजिमा प्रहरी जुटेको छ ।
यता, पोखरा महानगरपालिका २७ लेखनाथस्थित बडहरेको डाँडामा रहेको एनसेल टावरमा शुक्रबार राती नै अज्ञात समूहले आगजनी गरेको छ । नाकस्थित बडहरेमा रहेको एनसेल टावर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । यसरी एकपछि अर्कोगर्दै भएको आक्रमणलाई रोक्न नेपाल प्रहरी क्रियाशिल बन्नुपर्छ । अनि एनसेल बारे उठेक थप प्रश्न यो घटनाक्रमले ओझेलमा पर्नुहुन्न् ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्