रसुवा मालपोतले सुरु गर्यो डिजिटल बडापत्र, सेवाग्राहीलाई सहज सेवा दिने लक्ष्य

रसुवा–मालपोतमा हुने सेवाग्राहीको भीड र कामकाजलाई छिटोछरितो गर्न मालपोत कार्यालय रसुवाले डिजिटल बडापत्र जारी गरेको छ । आम नागरिकलाई सेवा प्रवाहको बारेमा जानकारी गराउन शुरू गरेको डिजिटल बडापत्रले सङ्घीयताको भावनाअनुरूप सुशासनको प्रत्याभूत दिलाउने मालपोत कार्यालयको विश्वास छ ।
वडापत्रमा मालपोत कार्यालयको कार्यशैली, सेवाग्राहीले सेवा लिन आउँदा टोकनअनुसार पर्खनुपर्ने समय, सेवा लिन चाहिने कागजात, नियमानुसार लाग्ने शुल्कलगायतका विविध पक्ष बारे आम सेवाग्राहीलाई जानकारी दिइने छ । विद्युतीय प्रणालीको नागरिक बडापत्र रहेको स्थानमा प्रतिक्षालय बनाएर टेबुल, कुर्सी तथा सोफा राख्ने काम समेत पुरा भएको छ ।
मालपोत गतिविधिका साथै आम नागरिकले सेवा लिने निकायमा जिल्लाका पाँचवटै गाउँपालिकाको गतिविधि, विकास निर्माण जानकारी एवं लाङटाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणमूलक वृत्तचित्रसमेत देखाउन नागरिक समाज माग गरेको छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्