प्रधानमन्त्री ओलीले वृक्षारोपण गरेर मनाए ६८ औँ जन्मदिन, शुभकामनाको ओहिरो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गमलामा आँपको बिरुवा रोपेर आफ्नो ६८ औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरमा शनिबार बिहानै प्रधानमन्त्री ओली आँपको विरुवा रोप्न व्यस्त थिए ।
ओलीले स्थानीय नर्सरीबाट ल्याइएको आँपको विरुवा र उनकी पत्नी राधिका शाक्यले अम्बाको बिरुवा रोपे । लगत्तै केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएर प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाए । प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, कार्यकर्ता, अभिनेत्री, अभिनेता लगायतले शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका थिए ।
क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्