४० बर्षमा नेपाली भूगोलमा ३५ हेलिकोप्टर दुर्घटना, अस्तायो ९१ जनाको जीवनलिला

काठमाडौं–बुधबार ताप्लेजुङको फुङलिङस्थित तारेभिरमा पर्यटनमन्त्री रविन्द्र अधिकारी, उच्चपदस्थ उड्डयन अधिकारीसहित वायुसेवा सञ्चालक समेत गरेर ७ जना सवार डाइनेस्टी एयरको हेलिकोप्टर दुर्घटनामा भयो । यो दुर्घटनासँगै नेपाली आकासको ४० वर्षे उडानमा ३५ वटा हेलिकोप्टर दुर्घटनामा परेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार नेपाली भुगोलमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ९१ पुगेको छ । गोरखा भूकम्पका समयमा दोलखामा भएको अमेरिकी हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ८ जनासहित हालसम्म मृत्यु हुनेको संख्या ९१ पुगेको छ । प्राधिकरणको सन् २०१८ मा प्रकाशित हवाई सुरक्षा रिपोर्टका अनुसार सबैभन्दा बढी मानवीय क्षति ताप्लेजुङकै घुन्सामा भएको दुर्घटनामा भएको थियो । जुन दुर्घटनामा बहालवाला वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाले ज्यान गुमाए ।
नेपालमा पहिलो हेलिकोप्टार दुर्घटना सन् १९७९ मा लाङटाङमा भएको थियो । भीभीआईपी हेलिकोप्टोर दुर्घटनामा ६ जनाले ज्यान गुमाए । सन् १९९७ मा थुप्तेन छोलिङमा १ जनाको ज्यान जाने गरी कर्णाली एयरको हेलिकोप्टर दुर्घटना भयो । सन् १९९८ मा मूलखर्कमा भएको अर्को दुर्घटनामा परेर ३ जनाले ज्यान गुमाउनु पर्यो । सन् २००३ मा रारा तालमा फिस्टेलको हेलिकोप्टर खस्दा ४ जनाको ज्यान गयो । सन् २००२ मा सोलुखुम्बुमा एसियन एयरको हेलिकोप्टरमा सवार ११ जनाले दुर्घटनाबाट ज्यान गुमाए । सन् २००३ मै सिम्रिक एयरको हेलिकोप्टर सगरमाथा बेस क्याम्पमा दुर्घटनामा भयो, यहाँ ३ जनाको मृत्यु भयो । २००५मा रामेछापको ठोसेमा हेलि हान्सको हेलिकोप्टर दुर्घटना हुँदा ३ जनाले नै ज्यान गुमाए ।
सन् २००६मा सबैभन्दा ठूलो हेलिकोप्टेर दुर्घटना भएको थियो । श्री एयरलाइन्सको हेलिकोप्टर घुन्सामा दुर्घटनामा पर्दा वन राज्यमन्त्री राई, पूर्वमन्त्री समेत रहेका संरक्षणविद् हर्क गुरुङ लगायत २४ जनाको ज्यान गयो । सन् २००९मा हुम्लाको रुम्दीकोटमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा १ जनाको ज्यान गयो । २०१० मा फिस्टेल एयरको हेलिकोप्टर अम्दाब्लक हिमालमा दुर्घटना हुँदा २ जनाको जीवन लिला समाप्त भयो । २०१३ र २०१४मा क्रमशः सिमीकोट र सिन्धुपाल्चोकमा भएको हेलिकोप्टर दुर्घटनामा १\१ जनाले ज्यान गुमाए । ०१५मा माउन्टेन हेलीको हेलिकोप्टर सिन्धुपाल्चोककको यमुना डाँडामा खस्दा ४ जनाले ज्यान गुमाए ।
२०१५ मा भूकम्प प्रभावितको उद्धारका लागि गएको अमेरिकी सेनाको हेलिकोप्टर दोलखाको घोर्थलीमा दुर्घना हुँदा ६ जना अमेरिकी सैनिकसहित ८ जनाले ज्यान गुमाएका थिए । २०१६ मा नुवाकोटको बेतिनीमा फिस्टेलको हेलिकोप्टर दुर्घटनामा परेर ७ जनाको ज्यान गयो । गत वर्षमात्रै अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटको मैलुङमा खस्दा ६ जनाको निधन भएको थियो । यी दुःखद दुर्घटनालाई फेरी स्मरण गराउनेगरि बुधबार अर्को हेलिकोप्टर दुर्घटना भएको छ । यो दुर्घटनामा परेर विभागीय मन्त्रीसहित उच्च पदस्थ कर्मचारी र विमान कम्पनिका एक मालिकको जिवनलिला समाप्त भएको छ । यो ४० वर्षमा भएका विभिन्न दुर्घटनामा परेर धेरै घाइते पनि भएका छन् ।
पर्यटनमन्त्रीकै निधन हुनेगरी भएको पछिल्लो हवाई दुर्घटनाले युरोपियन युनियनको हवाई सुरक्षाको कालोसूचीबाट हट्न प्रयासरत नेपाललाई झनै अप्ठेरो पार्ने देखिन्छ । सरकार, ढिलाई भइसकेको छ । दुर्घटनाको विगत र तितो इतिहास केलाएर अब नेपाली उड्डयन र आकास सुरक्षित बनाउनेतर्फ गम्भिर बन्नुपर्छ । हेलिकोप्टर, मौसम र पाइलट वा यात्रुको करकाप जे जस्ता कारणले दुर्घटनाले निरन्तरता पाएका छन् । यस्ता कारक तत्वको पहिचान गरेर दिर्घकालिन निवारण खोज्नेतर्फ आजैबाट पहल अघि बढोस् ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्