Techie IT
Mission Khabar

आइतबार नर्भिक जाऔँ, विहान ९ बजेदेखी ५ बजेसम्म कान सम्बन्धी समस्याको निः शुल्क जाँच गरौँ


काठमाडौँ–विश्व श्रवण दिवसका अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले नाक, कान र घाँटीको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा दिने भएको छ । आगामी आइतबार अस्पतालले ‘आफ्नो श्रवण शक्ति जाँचौँ’ भन्ने मूल नारा सहित नाक, कान, घाँटीका बिरामीको निःशुल्क परीक्षण गर्ने भएको हो ।

नर्भिक अस्पतालका अनुसार नाक–कान–घाँटी विभागले बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कान सम्बन्धी समस्याको जाँच तथा परामर्श सेवा उपलब्ध गराउने छ । विकासशील र अल्प विकसित मूलुकहरूमा तीब्र गतिमा बढ्दै गएको प्रदुषण लगायतको संक्रमणका कारण श्रवण शक्तिमा समस्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् । सार्वजनिक यातायातका ध्वनि, लामो समय ठूलो आवाजसहितको एयरफोन प्रयोग गर्ने बानी, चर्को आवाजसहितको मनोरञ्जन र कानमा हुने विभिन्न संक्रमणले श्रवण शक्तिमा समस्याका साथ बहिरोपनाको सम्भावना धेरै हुन्छ । यसैले श्रवण शक्ति समस्याको बारेमा समयमै पहिचान गरी उपचार गरौँ आफू पनि स्वास्थ बनौँ अरुलाई पनि स्वस्थ बन्न सहयोग गरौँ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्ककाअनुसार हाल विश्वभर करीव ४६ करोड मानिसहरु श्रवण शक्तिको समस्याबाट पीडित छन् । यी मध्य ३४ करोड बालबालिका छन् । नेपालमा कति यस्ता विरामी छन भन्ने एकिन तथ्यांक नभएपछि हजारौँमा समस्या छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्