मन्त्री अधिकारी सहित ६ जनाको गरियो अन्त्यष्टि, शेर्पाको आइतबार

काठमाडौं–ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको शुक्रबार अन्त्येष्टि गरिएको छ । मन्त्री अधिकारीको गृहनगर पोखरामा र पाँच जनाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका कर्मचारी ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सात जनामध्ये पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको आइतबार बौद्ध परम्पराअनुसार टेकु घाटमा अन्त्येष्टि गरिने बताइएको छ । शुक्रबार करिब ४ घण्टासम्म मन्त्री अधिकारीसहित सातैजनाको शवलाई टुडिखेलमा पुगेर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री उपप्रधानमन्त्री मन्त्री लगायत दलका नेता विशिष्ट व्यक्तिहरुले श्रद्धाञ्जली दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीको शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गर्दा अध्यक्ष द्धय ओली र दाहालले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिएका थिए ।
टुँडिखेलको श्रद्धाञ्जलीपछि ५ जनाको शव पशुपति आर्यघाट लगेर अन्त्यस्टी गरियो भने मन्त्री अधिकारीको शव गृहनगर पोखरा लगिएको थियो । पोखराको प्रदर्शनीस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान दिए भने हजारौँ स्थानीयले श्रद्धाञ्जली अर्पण गरे । साँझ प्रदर्शनी स्थलबाट रामघाटमा लगेर मन्त्री अधिकारीको अन्त्यष्टि गरिएको थियो । अधिकारीको पार्थिव शरिरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए ।
राजकिय सम्मान सहित भएको अन्त्यष्टिमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । मन्त्री अधिकारीको शव यात्रामा हजारौँको सहभागिता देख्न सकिन्थ्यो ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्