Techie IT
Mission Khabar

जनप्रतिनिधिको लुट : बैठक भत्ता १५ हजार, आफन्तलाई नै जागिर


धनुषा– जनताको सेवक बन्ने प्रतिबद्धता सहित चुनाव जितेका जनप्रतिनिधिले हिजो केन्द्रमा बसेर राज्यकोष लुट्ने नेताहरुको सिको गर्न थालेका छन् । स्थानीय जनप्रतिनिधिहरूले दैनिक भत्ता मात्रै १५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको हो ।

स्थानीय तहका प्रमुखले सालीलाई र उपप्रमुखले श्रीमतीलाई भान्सेको रुपमा नियुक्ति दिएर तलब लिएका छन् । धुनषाको मिथिला नगरपालिकाका प्रमुख र उपप्रमुखकोको यस्तो रबैयाले राजनीति भनेकै स्वार्थ पुरा गर्ने अवशर हो जस्तो बनाएको छ । नगरपालिकाबाट मेयर हरिनारायण महतो, उपमेयर ताराकुमारी बस्नेत, वडाध्यक्षलगायतका १० जनाको टोलीले गरेको एउटा अनुगमनमा नगरपालिकाले दुई दिनको भत्तास्वरुप जनही ३० हजारका दरले भुक्तनी दिएको पाइएको छ । गत आर्थिक वर्षमा मात्रै नगरपालिकाका मेयरसहित सदस्यहरुले गैरकानूनी रुपमा बैठकभत्ता शीर्षकमा २६ लाख २ हजार ३ सय ५० रुपैया निकासा गराएर बुझेका छन् ।

महालेखाले गैरकानूनी रुपमा लिएको बैठक भत्ता उनीहरुबाट असुलउपर गर्नुपर्ने बताए पनि अहिलेसम्म फिर्ता भएको छैन । बरु आफन्त र आसेपासेलाई समेत नगरपालिकको जागिरे बनाएर उनीहरुबाट राज्यकोषको दोहन भैरहेको छ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्