Techie IT
Mission Khabar

खाना पकाउने ग्यासको अभाव, उद्योग व्यवसाय बन्द गरेर आन्दोलन बाध्यता कि स्वार्थ पुरा गर्ने अवशर ?


काठमाडौं–एलपी ग्यास उद्योगीको आन्दोलनका कारण बजारमा खाना पकाउने ग्यासको अभाव हुँन थालेको छ । आफूहरूको माग सम्बोधनमा सरकार बेमतलबी बनेको भन्दै उद्योगीले बजारमा ग्यास पठाउन छाडेपछि उपभोक्ता मारमा परेका हुन् ।

एलपी ग्यास उद्योग संघका महासचिव दिवानन्द चन्दका अनुसार शुक्रबारदेखि भारतबाट ग्यास ल्याउन पनि बन्द गरिएको छ । ग्यासको प्रोडक्ट डेलिभरी अर्डर (पिडिओ) खरिद गर्न बन्द गरेको र स्टक रहेको ग्यास पनि उद्योगी र विक्रेताले बजारमा पठाउन नदिएका कारण ग्यास अभाव शुरु भएको हो । उद्योगीहरुले विभिन्न १० बुँदे माग सहित १० दिनभित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएपछि काठमाडौ उपत्यका सहित देशका प्रमुख शहरमा ग्यासको माग ह्वात्तै बढेको थियो ।कतिपय व्यवसायीका लागि यो मौका कालोवजारीको अवशर पनि बनिरहेको छ । यतातर्फर सरकार गम्भिर बन्नुपर्छ ।

उपभोक्ताले सबै खाली सिलिण्डर भरेर राखेकाले पनि अभाव बढेको बताइएको छ । व्यवसायीको आन्दोलन अनि सरकारको मौनताले विगतदेखी नै उपभोक्तालाई अभाव र समस्या दिदै आएको छ । यो पटक पनि महंगीमा पिल्सिएका नेपालीले अभावको सामना गर्नुनपरोस् ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्