Techie IT
Mission Khabar

फेसबुक र ट्वीटर बन्द बारेको भ्रामक प्रचार नगर्न सरकारको अपिल, भ्रम फैल्याउने उपर अघि बढाइयो अनुसन्धान


काठमाडौं– सामाजिक सञ्जाल फेसबुक र ट्वीटर बन्द गर्ने बारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ती निकालेको भन्दै फैल्याइएको हल्लाको पछि नलाग्न मन्त्रालयले सबैसँग अपिल गरेको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आइतबार एक विज्ञप्ति जारी गरी मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गरिनेजस्ता भ्रामक सूचना फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी टिप्पणीसमेत गरिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका हुन् । मन्त्रालय र यस अन्तर्गतबाट कुनै पनि सामाजिक सञ्जाल बन्द गर्नेसम्बन्धी सूचना प्रकाशित नभएको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्ति उपर कानुनी कारबाही गर्न प्रक्रिया सुरु भइसकेको तथा सामाजिक सञ्जाल सञ्चालकलाई त्यस्ता भ्रामक सूचना सामाजिक सञ्जालबाट हटाउन अनुरोध गरिसकिएको छ मन्त्रालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

यस्ता गलत र भ्रामक सूचना आआफ्नो सामाजिक सञ्जाल खाताबाट पोष्ट, रिपोष्ट, लाइक गरेको भए हटाउन र नगर्न सचेत गराएको मन्त्रालयले अटेर गर्ने र भ्रम फैल्याउने उपर कारबाही गरिने पनि जनाएको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्