Techie IT
Mission Khabar

बीमा गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धी, अहिलेसम्म ४५ लाख ७२ हजार बढी बीमालेख


काठमाडौं–पछिल्लो समय बीमा गर्नेको संख्या उल्लेख्य रुपमा बढ्न थालेको छ । बिमाको फाईदा र सुविधासँगै चेतनामा आएको वृद्धिले बीमा गर्नेको संख्या दिनप्रतिदिन बढ्न थालेको हो ।

पछिल्लो दुई वर्षमा बीमा गर्ने मानिसको संख्या बढेर १७ प्रतिशत पुगेको छ । दुई वर्षअघिसम्म यो संख्या ७ प्रतिशत मात्र थियो । आर्थिक वर्ष २०७३÷७४ मा ३५ लाख ६८ हजार १ सय ९६ ले बीमा गरेकोमा चालू आर्थिक वर्षको अहिलेसम्म बीमालेख हुनेको संख्या ४५ लाख ७२ हजार १ सय ४३ पुगेको छ । पछिल्लो जनगणनाले नेपालमा २ करोड ६४ लाख ९४ हजार जनसंख्या भएपनि राष्ट्रिय तथ्यांक विभागको अभिलेखले आइतबार नेपालको कुल जनसंख्या दुई करोड ९४ लाख ९० हजार पुगेको देखिन्छ ।

बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईँ पनि आफू समितिमा आउने समयमा ७ प्रतिशतमा सिमित बीमा पछिल्लो २ वर्षको अवधिमा १० प्रतिशतले बढेको बताउँछन् । पछिल्लो वर्ष बीमा कम्पनी पनि बढेका छन् । गाउँगाउँसम्म कम्पनीहरूले व्यवसाय विस्तार गरेका कारण र जनचेतना पुगेर पनि बीमा विस्तारले सहजता पाएको बताइन्छ ।

बीमाको पहुँच बढ्नुमा प्रतिष्पर्धी बजार र अभिकर्ताको आन्दोलनको सम्बोधन पनि मुख्य कारण हो । यता, बीमा समितिले सातै प्रदेशमा बीमा बारेको सचेतना कार्यक्रम विस्तार गर्दै आएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्