Techie IT
Mission Khabar

निर्मला बलात्कारपछि हत्या प्रकरण : ‘ह्युमन इन्टेलिजेन्स’ मार्फत अनुसन्धानलाई तिब्रता


काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात महिना नाघ्दासमेत प्रहरीले हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न सकेन् । तर अनुसन्धानको अनेकन शैली अपनाउदै प्रहरीले अहिलेसम्म पनि हजारौँमाथी निगरानी राखिरहेको छ ।

अनुसन्धानमा एकपछि अर्को शैली अपनाइरहेको प्रहरीले अहिले पुनः ‘ह्युमन इन्टेलिजेन्स’ लाई केन्द्रमा राखेर काम गरेको छ । हत्यामा संलग्नको खोजीमा प्रहरीले हालसम्म २६ जनाको डीएनए परीक्षण गरेको छ । हजारभन्दा बढीसँग सोधपुछ गर्दै निगरानीमा राखेको छ । तर, हालसम्म अपनाइएको हरेकजसो अनुसन्धान प्रक्रियाबाट सफलता मिलेको छैन । प्रहरीले पछिल्लो समय फेरि ‘ह्युमन इन्टेलिजेन्स’ मार्फत निर्मला बलात्कारपछिको हत्या घटनाको अनुसन्धानलाई तिब्रता दिएको छ ।

यसबाट कुनै निष्कर्षमा पुग्ने योजना सहित अनुसन्धानमा जुटेको प्रहरी कहिलेसम्म घटनाको रहश्य उजागर गर्न सफल हुन्छ, यो भने अहिले नै अनुमान गर्न गाह्रो छ ।


क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्