कटहरी बलात्कार प्रकरण : छोरी बलात्कार गरेको अभियोगमा बुबा पक्राउ, अनुसन्धानले लियो गति

विराटनगर—प्रहरीले छोरी बलात्कारको आरोपमा मोरङबाट एक जनालाई पक्राउ गरेको छ । ८ वर्षकी बालिका बलात्कारको आरोपमा उनकै बुबालाई पक्राउ गरिएको हो ।
मोरङ कटहरी गाउँपालिका २ मा बस्दै आएका एक व्यक्तिले घरका सबै सदस्य छिमेकमा जन्मदिन मनाउन गएका बेला सुतिरहेकी छोरीलाई बलात्कार गरेको प्रहरीको आशंका छ । घटना बाहिरिएपछि भोलिपल्ट बालिकासहित परिवारका सबै सदस्य घर छाडेर सुनसरीको भाण्टाबारीस्थित आफन्तकोमा गएर बसेका थिए । भारत लगेर बालिकाको उपचार समेत गरेको आशंका सहित प्रहरीले घर फर्किएपछि बुबालाई पक्राउ गरेको हो । ११ औं दिनमा बालिकाको घरमा सोधपुछ गर्दा शंकास्पद देखिएपछि बुबालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
मोरङ प्रहरी प्रमुख मनोज केसीका अनुसार घटना शंकास्पद भएकाले बुबालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ । स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि थप बिषय बाहिर आउने प्रहरीले जनाएको छ । कटहरी बलात्कार प्रकरणका स्थलगत प्रमाण नष्ट भएका कारण अनुसन्धान केही जटिल भएपनि सत्यतथ्य बाहिर ल्याइछाड्ने दाबी प्रहरीको छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्