अर्वपति चौधरीले एकै बर्षमा थपे साँढे २२ अर्ब सम्पत्ति, फोब्सको अर्वपति सूचीमा १३४३ औँ स्थानमा

काठमाडौं–विश्वका अर्वपतिमा पर्ने नेपालका एकमात्र व्यवसायी हुन्, विनोद चौधरी । एकपछि अर्को गर्दै व्यसायीक सफलता हात पारिरहेका चौधरी एक वर्षमै २० अर्ब बढी सम्पत्ति आर्जन गर्न सफल भएका छन् ।
अमेरिकी म्यगेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९को अर्वपतिको सूचीमा चौधरी १३४९ औं स्थानमा छन् । गत वर्षभन्दा २१२ स्थान माथि उक्लिएका चौधरी गत वर्ष फोब्सको अर्वपति सूचीमा १५६१औं स्थानमा थिए । फोब्र्सले यो वर्ष २ हजार १ सय ५३ अर्बपति पहिचान गरेको छ । फोब्सका अनुसार चौधरीले २० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थप कमाएका छन् । बुधबारको विनिमय दर अनुसार २२ अर्ब ६१ करोड ८० लाख उनको कारोबारमा थपिएको छ । नेपालबाट प्रतिनिधित्व गर्ने एक मात्र अर्बपति चौधरीसँग हाल १ खर्ब ९० अर्ब भन्दा बढीको सम्पत्ति छ ।
गत वर्ष १ खर्ब ७० अर्ब बराबरको सम्पत्ति फोब्सले सार्वजनिक गरेको थियो । अर्वपति चौधरी चौधरी ग्रुप (सीजी)का प्रमुख हुन् । यो समूहले नै नेपालमा नबिल बैंक चलाउँदै आएको छ । खाद्य र पेयसम्बन्धी उद्योग सञ्चालन गरिरहेको सीजीले विद्युत, व्यापार र होटल क्षेत्रमा समेत ठूलो लगानी गरेको छ । चौधरीको सीजी फुडले उत्पादन गर्ने वाइवाइ चाउचाउ क्षेत्रीय बजारमा समेत चर्चित छ । भारत, सर्विया, बंगलादेश र साउदी अरेबियामा समेत वाइवाइ चाउचाउको उत्पादन प्लान्ट छ । चौधरी समूहसँग २९ वटा होटल छन् ।
छोराहरुमध्ये निर्वाणले नेपालमा बसेर चौधरीलाई सघाउँछन् भने वरुण र राहुलले नेपालबाहिर बसेर व्यवसायमा साथ दिदै आएका छन् । अर्वपति चौधरी अहिले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा सांसद छन् ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्