Techie IT
Mission Khabar

करारबाट शिक्षक अभाव टार्ने तयारीमा सरकार, शिक्षक सेवा आयोग फेल भएका १० हजार शिक्षक विस्तापित हुँदै


काठमाडौं– सरकारले करारमा नयाँ शिक्षक नियुक्त गर्ने तयारी गरेको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षामा अनुतिर्ण अस्थायी शिक्षकलाई विद्यालयले हाजिर गर्न नदिएर पठनपाठन प्रभावित भएपछि करार नियुक्तिको तयारी गरिएको हो ।

अधिकांश विद्यालयका प्रधानाध्यापकले फेल भएका शिक्षक स्वतः अवकास हुने भन्दै हाजिर रजिष्टरमा रातो लगाउन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले करार नियुक्तिको नयाँ व्यवस्थाको तयारी गरिरहेको बताइएको छ । अझ, कतिपय विद्यालय प्रशासनले त अनुत्तीर्ण भएका शिक्षकलाई नआउन निर्देशन दिइसकेका छन । वार्षिक परीक्षा भैरहेको अवस्थामा शिक्षकलाई विदा गर्दा विद्यार्थीको प्रश्नपत्र कस्ले परीक्षण गर्ने ? अन्यौल देखिएको छ ।

शिक्षक सेवा आयोगबाट छनौट भएका स्थायी शिक्षकको पदस्थापनासँगै करिव १० हजारभन्दा बढी शिक्षक बिस्थापित हुने देखिन्छ । करारबाट यो अभाव पूर्ती गरिन्छ वा सरकारले नयाँ विकल्पबारे सोच्छ ? यसको प्रतिक्षा बाँकी नै छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्