Techie IT
Mission Khabar

विद्यार्थी फेल भए शिक्षकलाई कारबाही, प्रधानाध्यापकलाई समेत घटुवाको सिफारिश


काठमाडौं– संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने गरी कानुनी व्यवस्था गर्न भन्दै सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहतको उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनेभन्दै कानुनी कारबाहको व्यवस्थाका लागि यस्तो सिफारिस गरेको हो ।

एसईईमा ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले ‘डी’ र ‘ई’ भन्दा कम ग्रेड ल्याए प्रधानाध्यापकको ग्रेड रोक्कासहित कारबाही हुनुपर्ने उपसमितिबाट पठाइएको प्रतिवेदनमा उल्लेख छ । तीन वर्षभन्दा बढी एउटै विषयमा विद्यार्थीले ‘डी र ई’ ग्रेड ल्याए विषय शिक्षकलाई सेवामुक्त गर्नुपर्ने सुझाव उक्त प्रतिवेदनमा छ । यस्ता विद्यालयका प्रधानाध्यापकलाई समेत पदबाट घटुवा गनुपर्ने सुझाब प्रतिवेदनमा उल्लेख छ । उपसमितिको सुझाव शिक्षा ऐन र नीतिमा समेट्न सरकारलाई निर्देशन दिइए पनि समेटिन्छ वा राखिदैन यो भने अहिलेको प्रतिक्षा बनेको छ ।

शिक्षा मन्त्रालयको कामकारबाही व्यवस्थित र प्रभावकारी बनाउन अध्ययन र निर्देशन दिने उद्देश्यले सांसद उमेश श्रेष्ठको संयोजकत्वमा गठित ८ सदस्यीय उपसमितिले प्रतिवेदन बुझाएर सरकारलाई यस्तो सुझाब दिएको हो । सरकारको बेवास्ता हो वा शिक्षकको लापरबाही सरकारी शिक्षाको गुणस्तर खस्किएको सत्य भने यथार्थ हो । निजी र सरकारीबीचको शैक्षिक असमानता हटाउन सरकार गम्भिर बन्नुपर्छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्