एकाविहानै भूकम्पका दुई झड्का, काठमाडौंमा भागाभाग

काठमाडौं– १२ मिनेटको फरकमा दुई वटा भूकम्पको धक्का महसुश गरिएपछि काठमाडौं उपत्यकावासी त्रसिद भएका छन् । बिहान ६ बजेर २९ मिनेट जाँदा पहिलो भूकम्पको धक्का र १२ मिनेटपछि अर्थात ६ बजेर ४१ मिनेटमा फेरि अर्को धक्का महसुश गर्नुपर्दा राजधानीवासी त्रसिद भएका हुन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार ५ दशमलव २ रिक्टरस्केलको पहिलो भूकम्प धादिङको नौबिसे केन्द्रबिन्दु भएर गएको र अर्को ४ रिक्टरस्केलको पराकम्प सोही आसपासबाट आएको थियो ।
०७२ बैशाख १२ गते शक्तिशाली भूकम्प आउँदा ८ हजारबढीको ज्यान गुमाउनुपरेको थियो । त्यसको ४ वर्ष पुग्न १ दिन मात्रै बाँकी रहँदा लगातार दुई वटा भूकम्पको धक्का महसुश गरेका राजधानीबासी त्रसित मात्रै भएनन्, घरबाट निस्किएर केही समयसम्म खुल्ला स्थानमा पुगेर बसेका थिए ।
क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्