Techie IT
Mission Khabar

डडेल्धुरा बस दुर्घटना : ६ जनाको को मृत्यु, थप विवरण आउन बाँकी


डडेल्धुरा– धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस डडेलधुरामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्कमा बुधबार बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

प्रहरी र स्थानीय घटनास्थल पुगेर घाइतेको उद्धारमा जुटेपनि दुर्घटना बारेको सबै तथ्य खुलिसकेको छैन । ४० जना यात्रु सवार बस दुर्घटनामा परेको बताइएपनि कारण खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्