Techie IT
Mission Khabar

लोकतन्त्रको १४ बर्ष : १० ठूला भ्रष्टाचारले सबै उपलब्धी ओझेलमा


काठमाडौं – लोकतन्त्रको १४ बर्ष आशा भन्दा बढी निरासामा बितेको छ । डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डमा ब्यहोर्नुपरेका भ्रष्टाचार र बेथितिका खरो आलोचक बनेका प्रमुख दलहरूले लोकतान्त्रिक गणतन्त्र बहालीपछि यस्ता कुनैपनि गल्ती नदोर्होयाउने बचनबद्धता दिए । यहि प्रतिबद्धताको फलस्वरुप सशस्त्र संघर्षको माध्यमबाट राजनीतिको मूलधारमा आएको तत्कालीन माओवादी, नेकपा एमाले र नेपाली कांग्रेस मुलधारको राजनीतिक दलका रुपमा उदाए । यी दल र नेताको प्रमुख नारा भ्रष्टाचारविरोधी भएपनि व्यवहारमा ठिक फरक देखियो ।

लोकतान्त्रिक गणतन्त्र प्राप्तिको यो कालखण्डमा । लोकतन्त्रपछिको १४ वर्ष लेखाजोखा गर्ने हो भने प्रजातान्त्रिक कालखण्डमा भन्दा बढी भ्रष्टाचार भए । पछिल्ला केही वर्षमा मात्रै अर्बै रुपैयाँका ठूला अनियमितता हुँदा यस्तो काण्डमा संलग्नहरुमाथी कारबाही नगरेर दण्डहीनता बढाउने काम भयो । सुडानकाण्ड, लडाकु भत्ताकाण्ड, नक्कली भ्याट बिल, लोकमान प्रकरण, फर्जी श्रीमान् , एनसेल काण्ड, कर फर्स्योट आयोग, आयल निगम जग्गाकाण्ड, वाइडबडी प्रकरण र जग्गामा बढेको लुट मुख्य अनियमितता भनौँ वा ठूला काण्ड हुन् । यी १० अनियमितता मात्रै होइन्, यहाँ नीतिगत रुपमा धेरै ठूला अनियमितता भएका छन् । मन्त्री तथा स्थानीय सरकारका नाममा गाडी खरिद गर्ने योजना होस वा सुन काण्डमा मुख्य लगानीकर्तालाई मिलेको छुट, यसभित्र ठूलो अनियमितता लुकेको छ । सरकारी क्षेत्रमा मात्रै होइन्, वित्तिय क्षेत्रमा पनि अराजकता बढाउने काम पछिल्ला सरकारले गरेका छन् ।

लोकतन्त्र खासमा भन्ने हो भने नागरिकका लागि होइन्, नेता र कार्यकर्ताका लागि रमाउ र कमाउको अवशर बनेको छ । जनताको चुलो महंगीले निभ्ने अवश्थामा छ, असुरक्षाको त कुरै नगरौँ । आखिर व्यवस्था फेरिएर जनताले पाए चाहि के ? नेताहरु उही सोच उही प्रवृत्ति उही, अनि नागरिकको पीडा, कथा व्यथा उस्तै । यस्तै यस्तै मिल्यो लोकतान्त्रिक गणतन्त्रको १४ बर्षमा । आगामी बर्षगाँठ बिरक्तता र लुटको बर्ष होइन्, सकारात्मक सुधारको बर्ष बनोस् ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्