Techie IT
Mission Khabar

पूर्व राष्ट्रपतिभन्दा पूर्व राजा प्राथमिकतामा, ९६ जना प्रहरीको पहरा


काठमाडौं–गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवभन्दा पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुरक्षाको प्राथमिकतामा राखेको पाइएको छ । पूर्व राष्ट्रपति यादवको सुरक्षामा ३० जना सुरक्षाकर्मी खटिएकोमा पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि ९६ जना सुरक्षाकर्मी खटाइएको छ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवको सुरक्षामा सेनाको एक प्लाटुन र दुई प्रहरी खटिएका छन् । पूर्वराजाको सुरक्षामा भने सशस्त्र प्रहरी बलबाट दुई डिएसपी खटिएका छन् । एक डिएसपीको नेतृत्वमा रहेका ४० प्रहरीले पूर्वराजाको ‘क्लोज सर्किट’मा बसेर बहरा दिने काम गर्छन् । सइको कमान्डमा नागार्जुन निवासको सुरक्षामा मात्रै १५ जना सुरक्षाकर्मी खटाइएको छ । पूर्वराजाको निजी निवासको सुरक्षामा अर्का डिएसपीको नेतृत्वमा ४१ प्रहरी खटिएका छन् ।

पूर्वराष्ट्रपतिभन्दा पूर्वराजालाई उच्च सुरक्षा दिनु पर्ने आवश्यकता के पर्यो । कतिपय सुरक्षाविद् पूर्वराजालाई गणतन्त्र नेपालका पहिलो राष्ट्रपतिभन्दा महत्वदिनु गणतन्त्रकै उपहास भएको बताइरहेका छन् ।


क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्