उपराष्ट्रपति पुनलाई राष्ट्रपतिको कार्यभार, भण्डारी साताब्यापी चीन भ्रमणमा

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी एक साता लामो चीन भ्रमणमा निस्किएपछि राष्ट्रपतिबाट सम्पादन हुने सम्पुर्ण काम अबको सातदिनसम्म उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन् ।
राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार राजकीय भ्रमणको सिलसिलामा चीनको सियान हुँदै बेइजिङ पुगेपछि उनबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम उपराष्ट्रपतिमा प्रत्यायोजन भएको हो ।
राष्ट्रपति भण्डारीले आफ्नो अनुपस्थितिमा हुने सम्पुर्ण कार्यसम्पादनको जिम्मेवारी उपराष्ट्रपतिलाई दिएको ब्यहोरा सहितको विज्ञप्ति राष्ट्रपति कार्यालयले जारी गर्दै कार्यबाहक राष्ट्रपति बारेको जानकारी गराएको छ । भण्डारी बैंशाख १९ गते स्वदेश फर्किने छिन् ।
क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्