Techie IT
Mission Khabar

जेट एयरले उडान रोकेपछि काठमाडौं दिल्ली रुटमा टिकट अभाव, विमान कम्पनीले बढाए तीन सय प्रतिशतसम्म भाडा


काठमाडौं–आर्थिक संकटग्रस्त जेट एयरले काठमाडौंको आफ्नो उडान बन्द गरेसँगै काठमाडौं दिल्लीको भाडा अस्वाभाविक रुपमा बढेको छ ।

उपलब्ध सिट संख्याको तुलनामा माग अत्याधिक बढेपछि काठमाडौं दिल्ली उडान गर्ने हवाइ सेवा कम्पनीहरुले उडानभाडा बढाएका हुन् । यो रुटको उडान भाडा तीन सय प्रतिशतसम्म बढाइएपछि हवाई यात्रुहरु मारमा परेका छन् । काठमाडौंबाट उपचारका क्रममा होस वा भारतबाट नेपाल भ्रमणमा आउने पर्यटक नै किन नहुने दिल्ली काठमाडौं उडान भर्नेहरुको चाप निक्कै धेरै छ । यसैका कारण पनि हवाई सेवा कम्पनीहरु भडा बढाएर कमाउने दाउमा लागेको उड्ययन क्षेत्रका जानकारहरु बताउँछन् ।

माग बढ्यो भन्दैमा उडानभाडा तीन सय प्रतिशतसम्म वृद्धि गर्न मिल्छ वा कम्पनीको एकाधिकार रहन्छ, यसबारे सरोकारवालाले चासो लिने कि ?


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्