Techie IT
Mission Khabar

बैशाख २० गते नीति तथा कार्यक्रम ल्याउने सरकारी तयारी, दिर्घकालिन विकास र समृद्धीका योजना समेट्न सुझाब


काठमाडौं—यही वैशाख २० गते आगामी आर्थिक वर्ष २०७६\०७७ को नीति तथा कार्यक्रम पेश गर्ने तयारीमा सरकार जुटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को बैठकमा यही वैशाख २० गते अपराह्न सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भैरहदा सत्तारुढ दल, प्रमुख प्रतिपक्ष, उद्योगी व्यवसायी लगायतले विभिन्न अपेक्षा सहितको सुझाब दिन थालेका छन् ।

प्रतिनिधिसभा संसदको बैठक अधिवेशन सोमबारदेखि सुरु गरेर सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रम बारेको जानकारी दिएसँगै यसैको चर्चा सुरु भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसदहरु सरकारले ल्याउने नीति तथा कार्यक्रमले कुनै परिवर्तन नल्याउने बताइरहदा उद्योगिहरुले भने लगानीको वातावरण बनाउन, नीजि व्यवसायलाई प्रबद्धन गरेर देशको अर्थतन्त्रमा सहयोगि बन्न प्रेरित गर्नेगरी नीति तथा कार्यक्रम आउनुपर्ने अपेक्षा सहितको सुझाब दिएका छन् ।

सरकारले यी सुझाब र अपेक्षा समेटिएको नीति तथा कार्यक्रम ल्याउँछ वा धेरै बिरोध झेल्नुपर्छ केही दिनको प्रतिक्षापछि खुल्नेछ । बजेट छरेर नेता तथा कार्यकर्ता मालामाल बन्ने विकास नहुने प्रबृत्तिको निरन्तरता होइन्, आगामी नीति तथा कार्यक्रम साच्चै सम्बृद्धी र परिवर्तन ल्याउने अभियान बनोस्, जनजनको यहि छ कामना ।


क्याटेगोरी : अर्थ / रोजगार, जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्