Techie IT
Mission Khabar

प्रधानमन्त्री ओलीको एक साता लामो युरोप भ्रमण, बनोस् उपलब्धी बढी चर्चा कम


काठमाडौं– प्रधानमन्त्री केपीशर्मा ओली जेठ २५ गतेदेखि एक साता लामो युरोप भ्रमणमा जादैछन् । प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने कार्यतालिका छ ।

प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी भएर जेठ २७ गते बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयमा संबोधनका लागि पुग्नेछन् । जेठ २९ गते फ्रान्स पुगेर प्रधानमन्त्री ओलीले उच्च स्तरीय भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जानकारि दिएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले युरोपमा रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको बताइएको छ । करिब एक हप्ता लामो भ्रमण पुरा गरेर प्रधानमन्त्री ओली असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्