Techie IT
Mission Khabar

अञ्जना महत हत्या प्रकरण : उज्वल एक्लैले हत्या गरेको प्रहरी प्रतिवेदन, क्यानडाको तयारी नै मुख्य कारण


काठमाडौंं– ललितपुरको ढोलाहिटीमा म्यूजिक कम्पोजर उज्वल महतले बुहारीको विभत्स हत्या गरेको घटनाको प्रहरी अनुसन्धान पुरा भएको छ । २६ वैशाखमा घरमा आमा र बुहारी मात्रै भएका वेला खुकुरी प्रहार गरेर हत्या गरिएको प्रकरणको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुले अनुसन्धान प्रतिवेदन बुझाइएको जानकारी दिदै अब अदालती प्रक्रिया अघि बढ्ने बताए । प्रहरीले प्रदिवेदन बारे अहिले खासै मुख नखोले पनि घटनामा उज्जवलको मात्रै संलग्नता रहेको निष्कर्ष निकालिएको छ । परिवारले मानसिक रोगबाट ग्रसित भएको दाबी गरेपनि प्रहरी अनुसन्धानबाट भाइ प्रज्वल र बुहारी अञ्जना महतसँगको असन्तुष्टी नै अत्याको कारण देखिएको छ । भाइबुहारीले घर बन्धकी राखेर क्यान्डा जाने प्रक्रिया थालेपछि असन्तुष्टि झनै चुलिएको देखिन्छ, नाम नखुलाउने सर्तमा एक प्रहरी अधिकारिले भने ।

प्रहरी स्रोतका अनुसार अञ्जनाको हत्याअघि जबरजस्तीकरणी भएको हुनसक्ने आशंका गरिएपनि अस्पतालमा पठाएको भजाइनल स्वाबको रिपोर्टले मृतकमाथि जबरजस्तीकरणी नभएको देखिएको छ । अञ्जनाका माइती पक्षले भने एक जनाले मात्रै विभत्स हत्या गर्न नसक्ने दाबी गर्दै परिवारका अन्यमाथि पनि अनुसन्धान गर्न माग गर्दै आएका थिए ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्