दरबार हत्याकाण्डको १९ बर्ष कहिल्यै नखुल्ने रहस्य, इतिहासको गर्भमा ‘ग्राण्ड डिजाइन’

काठमाडौं–२०५८ जेठ १९ अर्थात १९ वर्षअघि तत्कालीन राजा वीरेन्द्रको वंशनास भएको दिन् । बिभत्स दरवार हत्याकाण्ड घटेको पनि १८ बर्ष बितेको छ । तर, अझसम्म दरबाहत्या काण्ड कसरी भयो, कसले गर्यो भन्ने रहस्य खुलेको छैन । ‘दरवार हत्याकाण्ड’ का रुपमा परिचित यो घटनामा राजा वीरेन्द्र शाहसहित उनको परिवारका १० जना सदस्यको हत्या भयो ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘ग्राण्ड डिजाइन’को संज्ञा दिएको दरबार हत्याकाण्डका ग्राण्ड डिजाइनर को हुन कसैले खोल्न सकेनन्, वा चाहेनन् । नेपाली इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यो हत्याकाण्डमा तत्कालीन राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको ज्यान गएको थियो । यो घट्नामा पूर्वराजा ज्ञानेन्द्र, पत्नि कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।
हत्याकाण्ड छानबिन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र तत्कालिन नेकपा एमाले नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति गठन गरियो । देवयानी राणासँग प्रेम सम्बन्धमा रहेका युवराज दीपेन्द्रले विवाह प्रस्ताव राजपरिवारले अस्वीकार गर्दा उनै दिपेन्द्रले बंशनास गरेको प्रतिवेदन बनाइएपनि कसैले स्विकार गरेनन् ।
यो अवधिमा दरबार हत्याकाण्डको रहस्य खोल्ने भन्दै धेरै पुस्तकहरु पनि लेखिए तर हत्या यसैले गरेको हो भनेर कसैले किटान गर्न सकेनन् । बरु दरबार हत्याकाण्ड र दासढुंगा हत्याकाण्डको सत्यतथ्य खोज्छु भन्दै सत्तामा पुगेकाहरु अहिलेसम्म बेमतलबी बन्दा यी दुई घटना झनै रहश्यमयी बनिरहेका छन् ।
क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्