Techie IT
Mission Khabar

गुठी विधेयक फिर्ता, चौतर्फी बिरोध झेल्नुपरेका प्रधानमन्त्री भन्छन्, अनाबश्यक भ्रम फैल्याइयो


काठमाडौँ— चौतर्फी बिरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । सदनदेखी सडकसम्म विधेयक बिरुद्ध चर्को आवाज उठेपछि सरकार पछि हट्न बाध्य भएको हो । गुठि विधेयकबाट पछि हट्न सत्तारुढ सांसदले नै दबाब दिएपछि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन मार्फत विज्ञप्ती जारी गरेर जानकारी दिएकी हुन् ।

सरोकारवालासँग थप छलफल र परामर्श गर्ने उद्देश्यले विधेयक फिर्ता लिइएको बताइएपनि सरकार बिरोध झेल्न नसकेर पछि हटेको प्रष्ट देखिएको छ । यता, मन्त्री अर्यालसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले भने विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गर्ने र शान्तिपूर्ण वातावरण खलबल्याउने परिस्थिति सिर्जना गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

संघीय संसद्मा दर्ता भएको गुठी विधेयक विरोधमा उपत्यकासहित देशभर आन्दोलन चर्किएपछि सरकार सरोकारवालासँग छलफल गरेर अघि बढ्ने निष्कर्षमा पुगेको हो ।

विज्ञप्ती


क्याटेगोरी : देश / प्रदेश, राजनीति, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्