Techie IT
Mission Khabar

परिवारबाट टाढा रहेका पारस शाह झन—झन उदण्ड, भन्छन्, साधु जीवन बिताइरहेको छु, मेरो स्वतन्त्रतामा प्रश्न किन ?


काठमाडौं । बढ्दै गरेको पारस शाहको उदण्ड स्वभावले पारस पत्नी हिमानी शाह र छोराछोरीहरुको छविमा समेत असर पर्ने चिन्ता पूर्व राजपरिवारमा बढेको छ । पारसको अलोकप्रियता बढिरहेका बेला समाजसेवाका कारण लोकप्रिय बन्दैगरेको शाह परिवारमा असर गर्ने हो कि भन्ने चिन्तामा पूर्व राजपरिवार देखिएको हो ।

पारस पछिल्लो समय ‘मलाई राजा बन्नु छैन, मोटरसाइकलमा हिँड्दा के को लाज ? ‘म राजा बन्दिनँ, अब साधु बन्छु’ भन्दै जोगी जीवन बिताएको दाबी गरिरहेका छन् । हुनत पारसको उदण्ड शैली र आनिवानीका कारण उनको परिवार पहिलेदेखीनै आजित बन्दै आएको छ । सन्ततिहरुले पारसको यस किसिमको पाठ नसिकुन् भनेर श्रीमती हिमानीसँगै छोराछोरीलाई अलग राखिएको छ । अझ पछिल्लो समय पारसको विगतभन्दा वर्तमान झन बर्बादीतिर धकिलिएको भन्दै परिवारका सदस्यहरु निरास मात्रै बनेका छैनन्, घरबाट अलग बनाएर परिवारको महत्व सिकाइरहेका छन् । तर पारस झन झन बिग्रिदैछन् ।

सुन्दरी मोहकै कारण पारसबाट हिमानीसँगै उनका दुई छोरी र छोरा टाढा छन भने उनको आनिबानी उस्तै छ । पछिल्लो पटक युट्युबर सोनिकासँग हिमचिम बढेको भिडियो फोटो सार्वजनिक हुँदा पारसको चरित्रमाथी मात्रै प्रश्न उब्जिएको छैन,राजसंस्थाप्रति सहानुभूति राख्नेहरु नै पारसको यस्तै उदण्डताले पूर्व राजाप्रति बढ्दो समर्थनमा धक्का पुग्ने बताइरहेका छन् ।

पत्नी हिमानी समाजसेवामा सक्रिय बन्दा समाजमा लोकप्रियता बढ्दो छ । हिमानीले छोरा हृदयन्द्र र छोरीहरु पूर्णिका, किर्तिकालाई समेत परोपकारी काम सिकाइरहँदा पारस भने राजा हुनका लागि नजन्मिएको, राजसी ठाँटको मान्छे नभई साधुको जस्तो जीवनशैली बिताइरहेको बताइरहेका छन् । निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको चर्चा चलिरहदा पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरेका छन् । उनी भन्छान्, धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्रै छ, सामान्य जीवनयापन मेरो स्वतन्त्रता हो ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्