Techie IT
Mission Khabar

दुबईमा नेपाली साथीको करिब साँढे २ लाख ठगेर भागेका छवी सुनुवार, खोजी गरिदिन दुबईबाट राज घिसिङको अपिल


काठमाडौं,जेरी ताम्राकार । मानिसहरु यतिसम्म लोभी, पापी र स्वार्थी हुन थालेका छन्, आफ्नै परिवार र साथीभाईलाई समेत आफ्नो स्वार्थ पुरा गर्ने माध्यम बनाइरहेका छन् । स्वदेशमा मात्रै होइन्, विदेशमा समेत नेपाली नेपाली सहयोगी बन्नुको साटो ठगी गर्ने र स्वार्थ पुरा गराउनेहरुको जमात बढिरहेको छ ।

भनिन्छ पैसाको मुख रातो हुन्छ । हो युनाइटेड अरब ईमिरेट्स (युएई) मा आफ्नै साथीको पैसा कुम्ल्याएर एक नेपाली स्वदेश फर्किएका छन् । दाङ घर भई केही समय अघिसम्म दुबईमा काम गर्ने छवि सुनुवार दुबईमै काम गर्दै आएका राज घिसिङ्गको ७ सय ५० दिराम अर्थात २ लाख बत्तिस हजार नेपाली पैसा सापटी भन्दै लिएर फरार भएका छन् । साथी बनाइ आफ्नो घर परिवारमा समस्या आइपरेको भन्दै ठगी गर्ने सुनुवार अहिले नेपालस्थित घरमा लुकी बसेको बताइएको छ । बंगालीहरुसङ्ग बिन्ती बिसाएर सयोग मागी साथी मानेर सुनुवारलाई सहयोग गरेका घिसिङ्ग अहिले दुबईमा आफै समस्यामा परेका छन्, भने तत्काल दुबई फर्कन्छु भन्ने सुनुवार तीन महिनादेखी सम्पर्कबिहिन छन् ।

राज घिसिङ्ग भन्छन्— घरको समस्या सल्टाएर दुबई फर्किन्छु अनि फिर्ता दिन्छु भन्ने छवि सुनुवार ठग रहेछ । तीन महिना हुन लाग्यो न दुबई फर्कियो नत फोन नै गर्छ । फोन सम्पर्क भैहालेपनि उल्टै थर्काउछ । अहिले दुबईमा बंगलीहरुले बैंक कार्ड खोसेर राखेका छन्, दिन रात काममा जादा बाटोमै बेइज्जत सहनुपरिरहेको भन्दै राजले ठग छवी सुनुवार कहाँ छ पत्ता लगाएर सहयोग गरिदिन नेपाली दाजुभाईसँग अपिल गरेका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, विश्व / विविध
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्