Techie IT
Mission Khabar

लक डाउनको मार : किसनको उत्पादन बिकेन, विपन्नलाई गास टार्नै गाह्रो


काठमाडौँ–कोराना भाइरसको संक्रमणसँगै गरिएको लक डाउनका कारण कृषकहरु सबैभन्दा बढी मारमा परेका छन् । संक्रमण रोकथामका लागि देशभर लकडाउन गरिएसँगै ब्रोइलर कुखुराको मासु र अण्डाले बजार पाएको छैन भने बजार नपाएको भन्दै किसानले दुध खोलामा फ्याकिरहेका छन् ।

लक डाउन नभएको समयमा भारतीय बजारबाट समेत तरकारी ल्याउनुपर्ने भएपनि अहिले स्थानीय कृषकको उत्पादन समेत बिकेको छैन । खुद्रा तरकारी बजार, किराना पसल तथा फ्रेस हाउस बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी, कुखुरा र अण्डाले बजार नपाएको हो । धादिङ, चितवन, मकवानपुर, लमजुङसँगै देशको तराई क्षेत्रमा उत्पादन हुने तरकारी छिटपुट रुपमा बजारमा पुगेपनि कुखुरा र अण्डा खोरमै थन्किएको छ । कुखुराको मासुले राम्रो बजार मुल्य नपाएको भन्दै किसानले लाखौँ चल्ला मारेपनि लगत्तै बढेको कोरोना र लकडाउनको निरन्तरताले अण्डा मासुतथा मासुजन्य उत्पादन गर्ने किसानहरु मरमा परेका छन् ।

लकडाउनका कारण तरकारी अण्डा तथा मासु खपत हुने पसल तथा होटल बन्द छन् भने उपभोक्ता समेत घटेका छन् । कतिपय कुखुरा किसान त दाना नपाएका कारण समस्यामा परेका छन् । कृषकको फारममा जिउँदो ब्रोइलर प्रतिकेजी १ सय ५० मा समेत पनि बिक्री हुन नसक्दा छिटफुट खुलेका पसलमा भने कुखुराको मासु अभाव देखाउँदै महंगिएको छ ।

किसान मात्रै होइन्, आधा महिना लामो लक डाउन र यसको निरन्तरताले ज्याला मजदुरी गरेर गुजारा धान्ने परिवार अनि रोजगारीको कमाईबाट पालिने परिवार समस्यामा परेका छन् । सरकारले राहत प्याकेज घोषणा गरेर थुप्रै स्थानीय तहले वडा स्तरबाट राहत बितरण गरेको बताएपनि विपन्नहरुसम्म पुग्न नसकेको गुनासो बढ्दो छ ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्