Techie IT
Mission Khabar

कोरोनाबाट मृत्यु हुनेको संख्या लाख नाघ्यो,अमेरिका युरोपसंगै छिमेकी भारतमा संक्रमण र मृत्युदर उच्च


बिश्वब्यापी स्वास्थ्य समस्या बनेको कोरोना कोभिड -१९ बाट मृत्यु हुनेको संख्या लाख नाघेको छ । चिनको बुवानबाट संक्रमण सुरु भएदेखि शुक्रबार रातिसम्म बिश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ ला २ हजार २ सय ९ पुगेको छ ।

चिनले ८१ हजार हाराहारिमा संक्रमण पुग्दै  रोकथाममा करिब करिब पुर्णरुपमा सफलता हासिल गर्दैगर्दा अमेरिकामा भने संक्रमित र मृत्युको भयाबह अवस्था देखिएको छ । जहाँ संक्रमितको संख्या पाँच लाख पुग्दा लाग्दा १८ हजार बढिले ज्यान गुमाईसकेका छन् । यो समाचार तयार पार्दासम्म अर्थात अमेरिकाको समय शुक्रबार करिब दुई बजेसम्म नै एकैदिन १७ सय बढीको मृत्यु भएको अमेरिकामा नेपाली मात्रै पाँच सय बढी संक्रमित रहेको बताईएको छ ।  अमेरिका, युके, दुबई लगायतका देशमा कोरोनाका कारण मृत्युु हुने नेपालीको संख्या नै ९ पुगेको छ । स्पेन,इटाली,फ्रान्स,जर्मन र युकेमा संक्रमण र मृत्युदर उच्च छ ।

भारतमा समेत ७५ सय बढीमा संक्रमण देखिँदा २ सय ४६ ले ज्यान गुमाएका छन् । नेपालमा ९ जना कोरोना संक्रमित पहिचान भएकोमा १ उपचारपछ घर फर्किएका छन भने ८ जना उपचाररत छन् ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध
ट्याग : ##कोरोना अपडेट, #hot

तपाईको कमेन्ट लेख्नुहोस्