Techie IT
Mission Khabar

कोरोनाको महामारी झन-झन बढ्दो, १७ लाख बढी संक्रमित देखिदा अमेरिकामै ५ लाख नाघ्यो


काठमाडौं -बिश्वब्यापी स्वास्थ्य समस्या बनेको कोरोना कोभिड (१९ बाट मृत्यु हुनेको संख्या एक लाख ३ हजार नाघेको छ । चिनको बुहानबाट संक्रमण सुरु भएदेखि शनिबार यो समाचार तयार पार्दासम्म बिश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ ला ३ हजार ५सय १२ पुगेको छ ।

चिनले ८१ हजार हाराहारिमा संक्रमण पुग्दै रोकथाममा करिब करिब पुर्णरुपमा सफलता हासिल गर्दैगर्दा अमेरिकामा भने संक्रमित र मृत्युको भयाबह अवस्था देखिएको छ । जहाँ संक्रमितको संख्या पाँच लाख ३ हजार नाग्दा १८ हजार ७ सय बढिले ज्यान गुमाईसकेका छन् । शुक्रबार मात्रै २ हजार ३५ ले ज्यान गुमाएको अमेरिकामा नेपाली मात्रै पाँच सय बढी संक्रमित रहेको बताईएको छ । अमेरिका, युके, दुबई लगायतका देशमा कोरोनाका कारण मृत्युु हुने नेपालीको संख्या नै ९ पुगेको छ । स्पेन,इटाली,फ्रान्स,जर्मनमा लाख बढी संक्रमित देखिदा अझै संक्रमण र मृत्युदर उच्च छ ।

७३ हजारभन्दा बढीमा संक्रमण देखिएको युकेमा मृत्यु हेनेको संख्या नै ९ हजार पुग्न लागेको छ । भारतमा समेत ७६ सयमा संक्रमण देखिँदा २ सय ४९ ले ज्यान गुमाएका छन् । नेपालमा ९ जना कोरोना संक्रमित पहिचान भएकोमा १ उपचारपछ घर फर्किएका छन भने ८ जना उपचाररत छन् ।

 


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्