Techie IT
Mission Khabar

कोरोनाभाइरस सङक्रमणको चपेटामा अमेरिका, संक्रमण र मृत्यु हुनेको सङ्ख्या विश्वभरमै उच्च


काठमाडौं, एजेन्सी । सबैभन्दा बढी संक्रमणको रेकर्ड बनाएको अमेरिकाले यसअघि सबैभन्दा धेरैले ज्यान गुमाएको रेकर्ड बनाउने इटलीलाई पछि पारेको छ । यो समाचार तयार पार्र्दासम्म अमेरिकामा कोरोना संक्रमितको संख्या पाँच लाख ३३ हजार नाघेको छ ।

अहिलेसम्म मृत्यु हुनेको संख्या २१ हजार हाराहारी पुगेको छ । दुईदिन अघि मात्रै कोभिड(१९ का कारण एकैदिनमा दुई हजारभन्दा धेरैले ज्यान गुमाउने रेकर्ड अमेरिकाले बनाएकोमा शनिबार एकैदिन १८ सय ३० को मृत्यु भएको थियो । न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोउमोले शनिवार आफ्नो राज्यमा मृत्युको संख्या स्थिरतातर्फ गएको बताएपनि सिंगो अमेरिकामा भने संक्रमण बढ्दो क्रममा देखिएको छ ।

अमेरिकाभर ५ लाख २० हजारभन्दा बढि संक्रमित रहेकोमा १ लाख ८० हजारभन्दा बढि न्यूयोर्क राज्यमै पहिचान भएका छन् । यहाँ मृत्युदरपनि उच्च छ । सबै अमेरिकी राज्यले सङ्कटकाल घोषणा गरेपनि लक डाउन भने भनेका छैनन । यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम गर्न दिएको सुझावलाई सबै राज्यले अप्रिल ३० सम्म पुर्याएका छन् । अमेरिकी सरकार महामारीकैबीच जागिर गुमाउने एक करोड ६० मानिसहरूको दबाब खेपिरहेको छ ।

राष्ट्रपति ट्रम्पले अवस्था सामान्यिकरण गर्नका लागि एक साताभित्रै व्यापार र स्वास्थ्य सम्बन्धी सूचि सहितको अहिलेसम्मकै ठूलो निर्णय लिने बताएपनि सो निर्णय घोषणा भएको छैन । यो घोषणामा साना व्यवसायहरूलाई सहयोग गर्नुका साथै अस्पतालहरू र स्थानीय सरकारलाई थप आर्थिक सहायताको प्याकेज सार्वजनिक हुने आशा गरिएको छ ।।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्