Techie IT
Mission Khabar

सनसिटी अपार्टमेन्टबाट अस्पताल लगिएमा कोरोना संक्रमण पुष्टि, सिल गरिएको अपार्टमेन्टमा नेतादेखी प्रशासकसम्मको बसोवास र उठबस


काठमाडौं । र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएर पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका तीन जना दुई जनाको मात्रै कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । र्यापिड किटबाट पोजेटिभ देखिएका तीन जना मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको थ्रोट स्वाबको पीसीआर परिक्षणमा दुई जनामा मात्रै कोरोना पोजेटिप पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो परिक्षणमा नेगेटिभ रिपोर्ट आएका एक जनाको दोश्रो परिक्षण भैरहेको छ । सनसिटी अपार्टमेन्टका यी तीनै जना २८ दिनअघि बेलायतमा नेपाल आएका व्यक्ति हुन् । सोमबार स्थानीय नगरपालिकाले गरेको र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि तीनैजना अहिले पाटन अस्पतालको आइसोलेसनमा छन् । चैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आई क्वारेन्टाइनमा बसेका एक्कै परिवारका तीन जनामा कोरोना पुष्टि भएको नेपालमै पहिलो हो ।

सिल गरिएको अपार्टमेन्टमा नेतादेखी प्रशासकसम्मको बसोवास

सनसिटी अपार्टमेन्टमा पाँच सय परिवारका १८ सय बढी बसोबास गर्दै आएको भएपनि को कस्ता व्यक्ति वा परिवारको बसोवास छ भन्ने कुरा एकिन गरिदैछ । अपार्टमेन्टमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाका छोरा तिलक खतिवडा, नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल, राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारी, एमाले नेता भीम न्यौपाने, संविधानसभाका पूर्व सदस्य विसेन्द्र पासवान, पूर्वसांसद कृष्णप्रसाद सापकोटा, पूर्व जिल्ला शिक्षा अधिकारी वावुराम नेपाल लगायतको बसोवास रहँदै आएको छ ।

अपार्टमेन्टमा लक डाउनको समयमा वेल फेयर सोसाइटीको चुनाव भएर अर्थमन्त्री डाक्टर खतिवडाका छोरा तिलक खतिवडा सचिवमा निर्वाचित भएका थिए । २ सय ८५ जनाको यो भेलाले जोखिम बढाएको अपार्टमेन्टमै बस्नेहरु बताउँछन् ।  छोरा सहित निर्वाचित पदाधिकारीलाई बधाई दिन अर्थमन्त्री खतिवडा अपार्टमेन्ट पुगेको भनिएपनि आधिकारी पुष्टि भएको छैन ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्