कोरोना परिक्षणको दायरासँगै बढ्दै संक्रमित, नमुना परिक्षणको विश्वसनियतामै प्रश्न

काठमाडौं । मंगलबार काठमाडौं पेप्सिकोलाको सनजसिटि अपार्टमेन्टमा बसोवास गर्ने एकै परिवारका दुई जनामा कोरोना पोजेटिभ पुष्टि भएसँगै संक्रमितको संख्या १६ पुगेको छ । र्यापिड किट्स मार्फत गरिएको परिक्षणमा एक्कै घरका तीन जनामा कोरोना पोजेटिभ देखिएसँगै सोमबार राती नै पाटन अस्पताल भर्ना गरिएको थियो । एक जनाको नमुना परिक्षण भने एकिन नभएपछि दोहोर्याइएको छ ।
सोमबार मात्रै कैलाली र रौतहटमा थप एक\एक जनामा कोरोना पोजेटिभ देखिएको थियो । र्यापिड टेष्टमा नेगेटिभ देखिएकी कैलाली लम्कीचुहाकी ६५ बर्षिया बृद्धामा काठमाडौंस्थिति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परिक्षणले कोरोना पोजेटिभ देखाएको थियो । यस्तै क्वारेन्टाइनमा रहेका रौतहटका १९ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगन्जमा चिया पसल चलाउने महिला परिवार सहित लकडाउनअघि कैलाली आइपुगेको र रौतहटका युवा भारतबाट नेपाल भित्रिएका हुन् ।
यस्तो छ, नेपालमा भित्रिएको कोरोनाको अवस्था
– २०७६ माघ १० गते चीनबाट नेपाल आएका एक विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि, उपचारपछि निको भएर घर फर्किए ।
एक महिना अर्थात फागुन १० गते फ्रान्सबाट दुबई हुँदै नेपाल आएकी एक १९ बर्षीया विद्यार्थीमा कोरोना पोजेटिभ, उपचाररत
–अर्को एक महिनापछि अर्थात चैत १२ गते धादिङका ३२ बर्षीया युवामा कोरोना पोजेटिभ, उपचाररत
–चैत १४ गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ३४ वर्षीया युवामा कोरोना पोजेटिभ, उपचाररत
–चैत १५ गते बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी १९ बर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि, उपचाररत
–चैत २० गते काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँचका लागि आएका एक जनामा कोरोना पुष्टि, उपचाररत
–चैत २१ गते दोश्रो चरणमा कोरोना संक्रमण, कोरोना संक्रमण भएका धनगढीका युवककी भाउजुमा कोरोना सरेको खुलाशा । सोही दिन भारतबाट फर्किएका लम्कीका एक पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका एक पुरुषमा कोरोनाको संक्रमण पुष्टि । उपचाररत
–चैत २९ गते शनिबार बीरगन्जको छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका तीन भारतीयमा कोरोना पुष्टि, उपचाररत
–बैशाख १ गते सोमबार कैलाली एक ६५ बर्षिया बृद्धा र रौतहटका १९ बर्षिया युवामा कोरोना पोजेटिभ, उपचाररत
–बैशाख २ गते मंगलबार पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने एकै परिवारका तीन मध्ये दुईमा कोरोना संक्रमण पुष्टि, उपचाररत
र्यापिड किटबाट परिक्षणलाई तिब्रता दिइएपछी कोरोना संक्रमित बढ्न थालेपनि यस्तो परिक्षणको विश्वसनियतामा भने प्रश्न उठिरहेको छ । स्थानीय तहहरुको क्वारेन्टाइनमा रहेकाहरुको र्यापिड किटबाट परीक्षण गर्दा नेगेटिभ आएपछि घर पठाउने गरेकोमा कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट नेगेटिभ रिजल्ट आएको भन्दै घर पठाइएकी ६५ बर्षिया महिलाको पीसीआर विधिबाट गरिएको नमुना परीक्षणको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ । यता, बागलुङमा आइतबार गरिएको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजिटिभ नतिजा आएकी ६५ वर्षीय एक महिलाको पीसीआर प्रयोगशालाको परीक्षणले कोरोना नेगेटिभ देखाएको छ ।
र्यापिड किटको मात्रै भर परेर पीसीआर विधिबाट परीक्षण नगरिएका व्यक्तिहरुलाई रोगको एकिनै नगरी क्वरेन्टाइनबाट घर पठाउँदा जोखिम बढ्नसक्नेतर्फ जनस्वास्थ्य वैज्ञानिकहरुले सजग गराउँदै आएका छन् । अझ, कमशल स्वास्थ्य सामाग्रि आएको अभियोगमा खरिद सम्झौता खारेज गएिको ओम्नी समूहले नेपाल भित्र्याएको ७५ हजार थान एन्टीबडी बेस्डको टेष्ट किटबाटै र्पपिड टेष्ट गरिदा विश्वसनियतामा प्रश्न उठेको कतिपय जानकारहरु बताउँछन् ।
दैनिक ५०–६० हजारको दरले संक्रमित बढ्ने अर्थात व्यक्तिमा छिटो र सजिलै सर्ने पुष्टि भएको कोरोनाको परिक्षणले तिब्रता पाउनुपर्छ । तर परिक्षणको दायरासँगै विश्वसनियता बढाउनेतर्फ राज्य गम्भिर बन्नुपर्छ । भ्याक्सिन वा औषधी विकास नभईरहेको समयमा कोरोनाबाट बच्ने एक मात्र सुरक्षित उपाय लक डाउन भएकाले घरमै बसौँ सुरक्षित बसौँ । बेलाबेलामा साबुन पानीले हात धुने, माक्स, ग्लोब लगाउने, अत्यावश्यक काम बाहेक बजार पसल चाहार्ने काम नगरौँ ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्