Techie IT
Mission Khabar

निरन्तर बढ्दै कोरोनाको महामारी, अमेरिकाका अस्पतालमा शबको भयाबह दृश्य


काठमाडौं । चीनको वुहानबाट सुरु भई विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाइरसले यतिबेला विश्वव्यापी संकट पैदा गरेको छ । कोरोनाको संक्रमण चीन यूरोपेली मुलुक हुँदै अहिले अमेरिकामा सबैभन्दा बढी छ । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २४ सय बढीले ज्यान गुमाएका छन् ।

अमेरिकामा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या २६ हजार ६४ पुगेको छ भने ६ लाख १४ हजारबढी संक्रमित भएका छन् । अमेरिकामा पछिल्लो पटक एकैदिन २६ हजार ९ सय बढीमा संक्रमण देखिएको छ । संक्रमितमध्ये ३८ जार ८ सय २० जना उपचारपछि निको भएको अमेरिकामा १३ हजार बढी गम्भीर बिरामी छन् । ५ लाख ४९ हजार बढी उपचारको क्रममा छन् । अमेरिकापछि दोश्रो जोखिममा रहेको इटालीमा ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । इरानमा पनि मृत्युदर बढ्दा शब व्यवस्थापनमा जटिलता पैदा भएको छ भने यूरोपेली मुलुकमा पनि संक्रमण र मृत्यु हुनेको संख्या रोकिएको छैन ।

अमेरिकामा संक्रमण र मृत्युको दर बढेसँगै केही हप्ता पहिले इटालीको अवस्था जस्तै भयावह दृश्यहरु देखिन थालेका छन् । अमेरिकाको डेट्रोइटस्थित सिनाई ग्रेस अस्पतालको ईमरजेन्सी कक्षका कर्मचारीहरुबीच सेयर गरिएका केही तस्वीरले अमेरिकाको पीड मात्रै बोल्दैनन जो केहीको मन छिया छिया पार्छन । अस्पतालका कर्मचारीहरूले अध्ययन र आराम गर्न छुट्याइएका कोठामा कोरोनाका कारण मृत्यु भएकाको शव राखिएका छन । मुर्दाघर समेत भरिदा अस्पतालका खाली कोठा र पार्किङ स्थलमै शव राख्नुपर्ने अवस्था आएको छ ।

केही अस्पतालले भने पोर्टेबल रेफ्रिजरेटर खरिद गरेर शव व्यवस्थापन सुरु गरेका छन् । अमेरिकाको न्युयोर्क शहरमा कोरोनाका बिरामी र मृतकको संख्यासँगै शब व्यवस्थापनको समस्या सबैभन्दा बढी देखिएको छ । अन्य शहरमा भने शव व्यवस्थापनका लागि मोबाइल रेफ्रिजरेटरलगायत सुविधा उपलब्ध छ ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्