Techie IT
Mission Khabar

मौसममा अकस्मातको बद्लाब, यस्तो छ दिनभरको मौसम पूर्वानुमान


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएकाले मौसममा बद्लाब आएको महाशाखाले जानकारी दिएको हो ।

मध्य र पूर्वका अधिकांश क्षेत्र तथा पश्चिमका केही भूभागमा पू्र्ण बदली देखिएको छ । थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित असिना र हावाहुरीसहितको वर्षा भैरहेको र हुने बताइएको छ भने बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ । मौसमविद्का अनुसार दिउँसोबाट देशभर आंशिकदेखि सामान्य बदली रहने तथा देशको मध्य र पूर्वका केही स्थान, पश्चिमीका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहने तथा थोरै स्थानमा मेघगर्जन हावाहुरी सहित असिना पानी पर्ने मौसमविदको पूर्वानुमान छ ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्