Techie IT
Mission Khabar

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकैदिन थपिए १४ संक्रमित


काठमाडौं\उदयपुर । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकैदिन १४ जना कोरोना भाइरस (कोभिड(१९) को पहिचान भएसँगै संक्रमितको संख्या ३० पुगेको हो । पछिल्लो पटक अर्थात शुक्रबार उदयपुरमा १२ जना र चितवनमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उदयपुर नगरपालिका ३ स्थित भुल्केमा रहेको मस्जिदमा नयाँ मानिसहरु देखेको भन्दै स्थानीयले खबर गरेपछि स्थानीय प्रशासन र जनप्रतिनिधि समेतको टोली गएर दिल्लीबाट आएका १२ जना भारतीय नागरिक तथा मोरङबाट आएका ४ जना नेपालीमा परिक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । र्यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएपनि कोशी अस्पतालमा गरिएको परीक्षणले ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नतिजा प्रमाणिकरका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पहिचान भएका मध्ये अधिकांश भारतीय नागरिक हुन । यस्तै आजै चितवन जिल्लाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो सरकारी तथ्यांक अनुसार उदयपुरमा सर्वाधिक धेरै १२ काठमाडौँमा ५, कैलालीमा ४, पर्सामा ३, चितवन र बाग्लुङमा २–२ तथा कञ्चनपुर र रौतहटमा १–१ जना कोरोना संक्रमित पहिचान भएका छन् । ३० मध्ये काठमाडौंमा पहिलो पटक पहिचान भएका एकजना स्वस्थ भएर घर फर्किएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्