Techie IT
Mission Khabar

हिँडेर घर जानेहरुलाई तत्काल सुरक्षित तरिकाले गन्तब्य स्थलसम्म पुर्याउन सर्बोच्च अदालतको आदेश


काठमाडौं । कोरोनाको महामारी रोकथामका लागि भन्दै गरिएको लक डाउनका कारण पैदल हिँडेर घरतर्फ जाँदै गरेका सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन सर्बोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुत्त इजलासले पैदल यात्रा मार्फत घर फर्किएकाहरुलाई सुरक्षाको उपाय अवलम्वन गर्दै अत्यन्त प्राथमिकताका साथ निशुल्क रुपमा गन्तव्यमा पुर्याउन सरकारको नाममा आदेश दिएको हो । विकल्पको अभावमा बाध्यतामा परी हाल काठमाडौं र अन्य शहरी क्षेत्रबाट आफ्नो गाउँतर्फ पैदल हिँडेकाहरुलाई सुरक्षित सुरुमा गन्तव्यमा पुर्याउनु राज्यको प्राथमिक दायित्व हो, सर्बोच्चको आदेशमा भनिएको छ । सबै राजमार्गहरुबाट सवारी साधनहरुको निशुल्क व्यवस्था गरी बाध्यताको यात्रामा निश्किएकाहरुलाई यथासक्य छिटो गन्तव्य स्थानसम्म पुर्याउन भनिएको छ ।

यसरी गन्तव्यमा लैजाँदा महिला, बालबालिका, जेष्ठ नागरिक, शारीरिक रुपमा अस्वस्थ व्यक्तिहरुको विशेष सुरक्षा गर्न सर्वोच्चको आदेशमा उल्लेख छ । कोरोना संक्रमणको आशंका भए आवश्यकताअनुसार क्वारेन्टाइन र आइसोलेसनमा राखी निको भएपछि वा शंका बाहिर आएपछि गन्तव्यमा पुर्याउन भनिएको छ ।


क्याटेगोरी : ओझेलका पात्र, जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्