हट्यो नेपाल-चीन कूटनीतिक रिक्तता, महेन्द्रबहादुर पाण्डे चीनका लागि नेपाली राजदूतमा नियुक्त

काठमाडौं । महेन्द्रबहादुर पाण्डे चीनका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ अनुसार राजदूत नियुक्तीको सरकारी निर्णय अनुमोदन गरेसँगै पाण्डे चीनका लागि नेपाली राजदूत बनेका हुन् ।
सरकारले गत फागुन १८ गते लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई चीनका लागि आवासीय र उत्तर कोरिया तथा मंगोलियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले राजदूतमा पाण्डेको नाम अनुमोदन गरेपनि निर्णय प्रक्रिया नटुंगिदा चीन र नेपालबीच कूटनीतिक रिक्तता रहँदै आएको थियो ।
औपचारिक रूपमै पाण्डेले राजदूतको नियुक्ति पाएसँगै अब चीन र नेपालबीचको कूटनीतिक रिक्तता हटेको छ ।
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्