प्रदेश १ का अधिकांश जिल्ला अस्पतालमा थर्मल गन अभाव, त्रासदीकाबीच ज्वरो क्लिनिक
विराटनगर । उदयपुरको जिल्ला अस्पतालमा एक महिनादेखी ज्वरो क्लिनिक सञ्चालनमा आएपनि थर्मल गनको अभावमा स्वास्थ्यकर्मीले सामान्य थर्माेमिटरबाटै ज्वरो नाप्नेगरेको पाइएको छ । सम्भावित कोरोना संक्रमित बिरामीलाई नछोइकन ज्वरो नाप्नुपर्ने भएपनि आवश्यक उपकरण अभावमा उदयपुरका स्वास्थ्यकर्मीहरु जोखिम मोलेर उपचारमा संलग्न छन् ।
अस्पतालले सुरक्षित भएर बिरामीको ज्वरो नाप्न थर्मल गन उपलब्ध गराउन प्रदेश सरकारलाई पटकपटक आग्रह गरे पनि उपलब्ध हुन सकिरहेको छैन । लकडाउनपछि काठमाडौंलगायतका सहरबाट फर्किएका मानिसलाई ज्वरो नापेर मात्र घर पठाउने योजना अनुसार गएको एक हप्तादेखि जिल्ला अस्पतालमा सञ्चालित फिबर क्लिनिकमा मानिसको चाप बढेको पाइएको छ । दैनिक ३० जना ज्वरोका विरामी आउने भएपनि थर्मल गनको उपलब्धता अझै हुन सकेको छैन । यता, ओखलढुंगा जिल्ला अस्पतालका स्वास्थ्यकर्मी समेत थर्मल गन नहुँदा ज्वरो जोखिम मोलेर ज्वरो नाप्न बाध्य छन् । धनकुटा जिल्ला अस्पतालमा समेत थर्मल गन नहुदा स्वास्थ्यकर्मीलाई उस्तै समस्या छ । अधिकांश जिल्लाका स्वास्थ्यकर्मीमा व्यक्तिगत सुरक्षा सामग्री र अन्य उपकरणको अभाव देखिदा ताप्लेजुङ, सोलुखुम्बु, खोटाङलगायतका केही जिल्ला अस्पतालमा भने प्रदेश सरकारले थर्मल गन उपलब्ध गराइसकेको छ ।
स्वास्थ्यकर्मीले आधारभूत स्वास्थ्य सामग्री माग गरे पनि प्रदेश सरकारले हल्का रूपमा लिएर बेवास्ता गर्दा चिकित्सकहरु कोरोनाको त्रासदीमा छन् । यता, प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफूहरुले समेत केन्द्र सरकारसँग थर्मल गन लगायतका सुरक्षा सामाग्री माग गरिरहेको भन्दै जिल्ला अस्पताल र त्यहाका चिकित्सकको समस्या छिट्टै समाधान हुने बताउँछन् ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्